युनाइटेडको लोकनृत्य प्रतियोगिता सम्पन्न

  • फागुन २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
एकेडेमीले धरान १५ स्थित सदन स्कुलमा कार्यक्रम गर्दै प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा प्रथम धरानको धरान आदर्श स्कुल , दोश्रो झापाको होलिबेल स्कुल, तेस्रो धरानको पर्वत सेकेण्डरी स्कुल र चौथो बराहक्षेत्रको बराह राइजिङ स्कुल भएकोे थियो । प्रथमलाई नगद ५० हजार सहित नट्राजको मुर्ति, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

FB_IMG_1678619875750

त्यसैगरि दोश्रोलाई नगद २० हजार सहित नट्राजको मुर्ति, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो भने तेश्रो हुनेलाई नगद १० हजार नट्राजको मुर्ति मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो र चौथो हुने विद्यालयलाई ५ हजार नगद सहित नट्राजको मुर्ति , सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

साथै प्रतियोगिताको उत्कृष्ट नृत्य कोरियोग्राफर दमकको सरस्वती माविका कृष्ण शाहले प्राप्त गरेका थिए ।
मौलिक कला संस्कातिको संरक्षण र विकास गरौ , सांस्कृतिक लोक नाच प्रवर्धनमा अघि बढौँ भन्ने नारा सहित एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।
धरान उपमहानगरपालकाका उपप्रमुख अइन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा पर्वत बोर्डिङ्ग स्कुल, भिक्टोरी बोर्डिङ्ग स्कूल, समिट बोर्डिङ्ग स्कुल , धरान आदर्श स्कूल, सियोन स्कुल, , बराह राइजिङ्ग स्कुल बराहक्षेत्र, प्रिसियस एकेडेमी इनरुवा, सरस्वती मा. वि. दमक, शहीद धर्मभक्त मा. वि. केर्खा, सरस्वती मावि.झापा, होलीबेल स्कुल. धुलाबारी झापाको विद्यालयहरुबीच प्रतिस्पर्धा रहेको थियो ।

एकेडेमीले एकल नृत्य प्रतियोगिता साथै सामुहिक नृत्य प्रतियोगिता र गायन प्रतियोगिताहरु पहिले देखि सञ्चालन गर्दै आइरहेको छ ।

प्रतियोगितामा नृत्यकर्मीलाई सम्मान

युनाइटेड डान्स एकेडेमीले प्रतियोगिताको अवसरमा नृत्य क्षेत्रमा योगदान पुर्‍याएका प्रशिक्षक, निर्देशकको भूमिका निर्वाह गरिसकेका प्रितम सम्बाहाम्फे लिम्बुलाई नगद ५ हजार ५ सय ५ रुपैयाँ साथै सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved