पहिचानवादी शक्ति आन्दोलित आजको बन्द ठप्प

  • फागुन २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

 

धरान / कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशका १४ जिल्लामा बन्दको आवहान गरेका छन् ।

बन्दको प्रभाव कोशी प्रदेशभरि परेको छ । यसैक्रममा बन्दको प्रभाव धरानमा समेत परेको छ । बन्दकर्ताहरु विहानैदेखि सडकमै उत्रिएर सवारी साधन सञ्चालनमा रोक लगाउदै आएका छन् भने उनीहरुले दुई पांग्रे मोटरसाइकल, दुधका गाडी, एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनलाई निर्वाध चल्न दिएका छन् ।

अहिलेसम्म बन्दमा कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन । सशस्त्र प्रहरी, जनपथ प्रहरीहरु धरानको मुख्य चौक भानुचौकमा तैनाथ रहेका छन् ।

विगतमा पहिचानवादीहरु एक ठाउँमा नहुदा यसको फाइदा प्रतिक्रियावादीहरुले लिएको बताउदै अहिले पहिचानवादी एक भएर आन्दोलनमा होमिएको आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवम् आन्दोलनका अभियन्ता आङकाजी शेर्पाले बताए । उनले सदियौदेखि बसोबास गरेका आदिवासीहरुको पहिचान माग्दा आर्यहरुको गोत्रको आधारमा कोशी प्रदेश राखेको प्रति आफूहरुको आपत्ति रहेको बताउदै प्रदेश नं. १ को नाम कोशी प्रदेशको पुनविचारको माग गर्दै आन्दोलनमा होमिएको बताए ।

उनले २ नंं प्रदेश मधेश प्रदेश हुने तर १ नं् प्रदेश आदिवासी जनजातिको पहिचानको नाममा किन नहुने प्रश्न राख्दै यो आन्दोलन निरन्तर चल्ने र सरकार परिवर्तन गर्नेसम्मको आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

यस्तै अर्को पहिचानवादी पार्टी सघीय लोकतान्त्रिक मञ्च, सघीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजमले पहिचानको विषयमा वहुमतको कुरा नआउने बताउदै नामकरणका विषयमा प्रदेश न. १ मा पहिचानवादीहरुलाई पाखा लगाएर एकैलोटी निर्णय गरेर कोशी प्रदेश लादेको आरोप लगाए । उनले पहिचानवादी एक ढिक्का भएर आन्दोलमा उत्रिएकोले यो आन्दोलनको स्वरुप कडा हुने बताए ।

335408023_154948964100661_3873986349777991496_n 335406166_171421922347678_5980217873946554503_n 331876919_2265275366978460_9164739733502949084_n aaaaa

सो अवसरमा उनीहरुले प्रदेशको नामाङकन लिम्बुवान ,खम्बुवान , किराँत राज्य घोषणा गर्नुपर्ने माग राखेका छन् ।

१ नं. प्रदेश पुन ः पुन नामाङ्न संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका उनीहरुले शनिवार कोशी प्रदेश बन्दको पूर्व सन्ध्यामा राके जुलुस निकालेका थिए । धरान १५ किरात याक्थुङ चुम्लुङबाट १ नं. प्रदेशको नाम षड्यन्त्रपूर्ण कोशी प्रदेश राखेको भन्दै राकेजुलुस निकालेका थिए् । राके जुलुसपछि भानुचौकमा कोणसभाको समेत आयोजना गरिएको थियो ।

पहिचान विरोधी होशियार, कोशी प्रदेश मान्देनौ, सम्पूर्ण पहिचानबादी एक हौ, पहिचान विरोधी नामाकरण मान्दैनौ, कोशी प्रदेश नामाकरण खारेज गर लगायतका नारा लगाएका थिए ।

१४ पहिचानवादी शक्ति संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । लिम्बुवान किराँत प्रदेश समर्थक राजनैनिक दलहरु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान मञ्च, संघिय समाजवादीको लिम्बुवान राष्ट्रिय समिति, खम्बुवान साझा पार्टी नेपाल आदिवासी जनजाति महासंघ, जनता समाजवादी पार्टी लगायत मोर्चा बनाएर आन्दोलनमा उत्रिएका हुन् ।

 

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved