पहिचानवादीहरु एक ठाउँमा लिम्बुवान, खम्बुवान, किराँत प्रदेशको माग

  • फागुन २८, २०७९
  • " स्नेहा श्रेष्ठ"
alt

विजयपुर / कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले शनिबार धरानमा राके जुलुस प्रदर्शन गरेका छन् ।
१ नं. प्रदेश पुन: पुन नामाङ्न संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका उनीहरुले कोशी प्रदेश बन्दको पूर्व सन्ध्यामा राके जुलुस निकालेका हुन् ।
धरान १५ किरात याक्थुङ चुम्लुङबाट १ नं. प्रदेशको नाम षड्यन्त्रपूर्ण कोशी प्रदेश राखेको भन्दै राकेजुलुस निकालेका हुन् । राके जुलुसपछि भानुचौकमा कोणसभाको समेत आयोजना गरिएको थियो ।

निरन्तर आन्दोलन गर्ने चेतावनी दिँदै उनीहरुले कोशी प्रदेश नामकरण षड्यन्त्रपूर्वक भएको र प्रदेश न. १ को नामकरणमा पुनर्विचार गर्नुपर्ने माग राखेका थिए । प्रदेश नं. १ को नाम पहिचानको आधारमा राख्न पुनर्विचार गर्न सरकारसँग माग गरेका थिए । कोशी प्रदेशको ठाउँमा लिम्बुवान, खम्बुवान, किराँत नामकरण हुनु पर्ने उनीहरुको माग थियो ।

सो अवसरमा उनीहरुले प्रदेशको नामाङ्कन लिम्बुवान ,खम्बुवान , किराँत राज्य घोषणा गर, ,पहिचान विरोधी होशियार, कोशी प्रदेश मान्देनौ, सम्पूर्ण पहिचानबादी एक हौ, पहिचान विरोधी नामाकरण मान्दैनौ, कोशी प्रदेश नामाकरण खारेज गर लगायतका नारा लगाएका थिए ।

कोणसभामा १.नं .प्रदेश पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आवद्ध संयुक्त लिम्बुवान किराँत प्रदेश समर्थक राजनैनिक दलहरु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय महासचिव दिलकुमार लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,

संघीय लिम्बुवान मञ्च सुनसरी जिल्ला अध्यक्ष अमर बहादुर लिम्बू, (इजम), संघीय समाजवादी केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लावती, सोही पार्टीको केन्द्रीय राष्ट्रिय समिति सदस्य भिम राई, खम्बुवान

साझा पार्टी केन्द्रीय अध्यक्ष भुपी कोयु, नेपाल आदिवासी जनजाति महासंघ धरान नगर अध्यक्ष सुवास हुक्काचुम्बाङ्ग, नेकपा माओवादी केन्द्र धरान नगर इन्चार्ज फोक्साहाङ्ग मेन्याङ्ग्बो, जनता समाजवादी पार्टी नेपाल धरान नगर अध्यक्ष ताजुब लिम्बू लगायत उपस्थितमा शान्तिपूर्ण कोणसभा सम्पन्न भएको थियो । कोणसभामा उनीहरुले पहिचानको आधारमा नामाकरण नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved