मिल्स गोल्डकप धु्रवतारा क्लब झापा सेमिफाइनलमा

  • फागुन २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ ।
विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयसम्म २÷२ गोलको खेल बराबरी भएपछि खेल ट्राइब्रेकरबाट जितको छिनोफानो भएको थियो ।
जितको लागि झापाको तर्फबाट रोशन धिमाल, निश्चल बोहरा, प्रविण राई, रोशन तामाङ्ग, ओमप्रकाश तामाङ्ग, राजन धिमाल, निश्चल बस्नेत, रोशन धिमाल, बिक्रम राई र आयूष लिम्बुले गोल गरेका थिए ।

झापाका सन्देश केसी गोल गर्न चुके ।
सुनसरीको तर्फबाट सुशन लामा, विवेक राई, चन्दन मगर, धिरेन लिम्बु, धिरेन क्षेत्री, सुजन चौधरी, राकेश गुरूङ, सजन मगर, विवेक गुरूङले मात्र गोल गरेका थिए । सुनसरीका सुजित चौधरी र सिजल राईले गोल गर्न असफल रहदा घर फर्किन बाध्य भयो ।

खेल सुरु भएको ११ औं मिनेटमा धव्रताराका आयुष श्रेष्ठले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । उनले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो ।

पहिलो हापसम्म अग्रता कायम गरेको धुव्रताराले दोस्रो हाफदेखि शान्तिनगरले आक्रामक खेल पस्कियो । खेल सुरू भएको ४४ मिनेटमा विष्णु श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए । सिजल राईले निकालिदिएको क्रस पास विष्णुले गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफदेखि दबावमा राखेको शान्तिनगरका क्याप्टेन सुसन लामाले ६४ औं मिनेट गोल गरी दोब्बर बनाए ।
खेलको ८२ औं मिनेटमा धुव्रतारका प्रविण राईले गोल गरी खेल बराबरीमा ल्याए । डिबक्स भित्र शान्तिनगरका खेलाडीले डिबक्स भित्र फल गरेपछि धुव्रताराले पेलान्टी पाएको थियो । पेलान्टीमा राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच हुने खेलाडी झापाको प्रविण राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए । म्यान अफ द म्याच हुने खेलाडीलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर १६ का वडाअध्यक्ष उद्धव भूजेलले वितरण गरेका थिए ।

आइतबारको खेल द सेभेन स्टार फुटबल क्लब धनकुटा र प्रतिभा फुटबल क्लब गोलबजार सिराहाबीच हुनेछ ।
फागुन २७ देखि चैत ४ गते सम्म फुटबल प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको छ ।
विजेताले २ लाख ११ हजार रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गर्नेछन् । उपबिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved