मिस्टर पुर्वान्चलको ताज मेरिल्याण्डका रमननाथ गिरीलाई

  • फागुन २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /   रोनक फेसन एजेन्सीद्वारा आयोजित मिस्टर एण्ड मिस पुर्वान्चल प्रतियोगितामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजका कक्षा–१२ का छात्र रमननाथ गिरी मिस्टर पुर्वान्चलको उपाधि जित्न सफल भएका छन् ।

प्रतियोगितामा १० जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज हात पार्न सफल भएका हुन् । प्रतियोगितामा सुशील राना दोश्रो र दिप राजवंशी तृतीय भएका छन् ।

आयोजक संस्थाका अध्यक्ष रोनक अग्रवाल अनुसार प्रतियोगितामा पहिलो पटक भारतका प्रशिक्षकहरु आएर प्रतियोगीहरुलाई प्रशिक्षण दिएका थिए ।

विजेता बन्दै गिरीले नगद ३१ हजारसहित एक बर्ष क्लासीकटेकको निःशुल्क इन्टरनेट सेवा, ए बी ड्राइभिंग स्कूलबाट तालिम लगायत गिफ्ट ह्यामपर्स प्राप्त गरेका छन् । विजेता बनेका गिरी पढाइमा पनि उतिकै अब्बल रहेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । गिरीले यस भन्दा अगाडिका विभिन्न प्रतियोगितामा समेत अग्र स्थान हासिल ग रेका थिए ।

गत पुष महिनामा डिग्रीमा विराट एक्सपोमा आयोजित मेलामा सिङगीङ्ग आइडल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरी १५ हजार, प्राप्त गरेका थिए ।

 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved