अनेमसंघ धरानद्वारा महिला लक्षित कार्यक्रम

  • फागुन २५, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर /  ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ धरानले महिलाहरुको पाठेघरको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ ।

धरान उपमहानगरपालिका १५ नं. वडा समितिको कार्यालयमा आयोजना गरिएको निःशुल्क पाठेघर चेकजाँचमा उल्लेख्य महिलाको उपस्थिति रहेको थियो ।
विगत देखि नै महिलाहरुको विविध कार्यमा सक्रिय रहँदै आएको .अनेमसंघले महिलाको वृत्ति विकासमा समेत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । । अखिल नेपाल महिला संघ जिल्ला कमिटी सुनसरी अध्यक्ष विना खनाले महिलाहरुको हक अधिकारको लागि निरन्तर अनेमसंघ लडिरहेको बताइन् ।

उनले महिलाहरु चुला चोकामा मात्रै सीमित नभई राजनीति, व्यवसायी लगायत सबै क्ष्योत्रमा सक्रिय भएर लाग्नुपर्ने बताइन् । उनले अझै पनि महिलालाई घर बाहिर निस्कन कठिन भएको बताउदै अब महिला चुलो चौकामा मात्र सीमित नभई बाहिर निस्कने बेला आएको बताइने ।

उनले भनिन्– ‘घरबाहिर निस्केर काम गर्ने महिलाई पुरुषलाई जति सहज परिस्थिति हुदैन, कतै कामले गर्दा कहिलेकाही घर फर्कन ढिलो भयो भने घर परिवार समाजले नै प्रशन गर्छ महिलाई त्यति सहज छैन कुनै क्षेत्रमा लागेर काम गर्न तर पनि महिलाहरु हरेक घर समाजको समस्या पन्छाएर अधि बढिरहेको छन ।’

सो अवसरमा पञ्चेबाजा महिला टोली धरान १५ ले पञ्चेबाजा बजाएर महिलाहरु हरेक क्रियाकलापमा अघि बढ्न सक्छन् भन्ने सन्देश प्रवाह गरेका थिए । सो अवसरमा १५ नं. वडा समितिका अध्यक्ष नरेशकुमार इवार, धरान ४ अध्यक्ष धन बहादुर राई, अखिल महिला संघकी धरानकी अध्यक्ष कल्पना शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

 

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved