‘समयमै काम नगर्ने ठेकेदारलाई कारबाही’

  • फागुन २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ । मन्त्रालयले समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको ठेक्काको समयावधि थप नगर्ने जनाएको छ

पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन चेतावनी दिएको हो ।

काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गा प्रसाद चापागाईंले पूँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न भइरहेको कठिनाईको विषयमा जानकारी लिएका हुन् । सो क्रममा उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीब्रता बढाउनु पर्ने बताए ।

‘मन्त्रालयले तीन पटकसम्म म्याद थपेका निर्माण कम्पनीको पुनः म्याद थप्ने गरी मैले क्याबिनेटमा लान्न,’ चापागाईंले निर्माण कम्पनीका प्रतिनिधिलाई तार्गेट गर्दै भने, ‘काम गर्ने जिम्मा तपाईहरुको हो । निर्माण कम्पनीको समस्या हामीले पनि बुझेका छौं ।

तर, सम्झौता अनुसार काम गर्ने त फेरि पनि तपाईहरुकै हो । मन्त्री भएर क्याबिनेटमा ठेकेदारको निर्माण अवधि बढाउन भन्दै फाइल बोकेर म जान्न ।’मन्त्रालयका सचिव मोहनराज चापागाईंले पनि विभिन्न बाहनामा काम रोक्न नहुनेमा जोड दिए । ‘कन्ट्रयाक डकुमेन्टमा साइट हेरेर मात्रै ठेक्का हाल्नु भनेर बकाइदा भनेको छ । तर, भौगोलिक कठिनता लगायत अन्य कतिपय विषय ल्याएर काम रोक्न पाइँदैन ।

साइट क्लियरेन्स र बिल पेमेन्टको कुरा हामीले सहयोग गर्छौं,’ चापागाईंले भने, ‘मैले अघिल्लो आर्थिक वार्षमा १ सय भन्दा बढी आयोजनाको समयावधि थप गरे । अहिले भने केही फायल रोकिएको छ । म्याद थप्नुपर्ने कारण के हो ? जहिले पनि कोभिड ? पानी प¥यो भनेको छ । यो त जहिल्यै आउने कुरा हो नि ।’

सचिव चापागाईंले सार्वजनिक खरिद ऐनको ११ औं र १२ औं संशोधनले म्याद थपलाई सहयोग गरेको भएपनि अब म्याद थप्न समस्या हुने बताए । ‘हामी २०७९ सालको अन्तिममा छौं । अब दुईवटै संशोधनले छुँदैन ।

क्याबिनेटमा लगेर म्याद थप गर्ने कुरा राम्रो होइन । कतिपय ठेक्का कम्पनीले ५ औं पटकसम्म म्याद थप गरिएको छ । एक पटक दुई पटक पो हुन्छ त हौं साथी हो, कति पटक म्याद थप गर्ने ?,’ उनले थपे, ‘अब पेनाल्टी पनि लाग्छ ।

म्याद थपको विषयलाई लिएर हाम्रो द्वन्द्व हुने अवस्था छ । दुईवटा म्याद थप गरिसकेपछि तेस्रोमा जानसक्ने अवस्था छैन । कानूनको विषयलाई हेरेरै तपाईहरुले ठेक्का लिनु भएको हो ।’
उनले निर्माण व्यवसायीको समस्याको विषयमा आफू जानकार रहेको र समाधानका लागि लागिपर्ने पनि बताए । ‘समयमै पेमेन्ट भएन भने तपाईहरुले काम गर्न सक्नुहुन्न । हामीलाई थाहा छ । युक्रेन युद्ध र कोभिडको समस्या पनि थाहा छ ।

तर, ठेक्का लिइसकेपछि काम गर्नुपर्ने तपाईहरुको बाध्यता हो । अफिसले सक्ने सहयोग गर्छ । पेमेन्टको समस्या समाधानको लागि हामी काम गरिरहेका छौं,’ सचिव चापागाईंले भने, ‘कसैले काम गरेर पनि पैसा नपाउने अवस्था देखिएको छ । कसैले आयोजनामा पर्याप्त पैसा भएर पनि काम नहुने अवस्था छ । त्यसो चाहिं हुनु भएन ।’

उनले तीन वर्षसम्म पनि ३० प्रतिशत भन्दा कम प्रगति गर्ने निर्माण कम्पनीको विषयमा फरक तरिकाले मन्त्रालयले सोच्ने पनि बताए । ‘हामीले ३ वर्षसम्म पनि ३० प्रतिशत भन्दा कम प्रगति हुनेको बारेमा केही न केही निर्णय गरेर जानुपर्ने सोचेका छौं,’ चापागाईंले भने, ‘हाम्रो डिसिजन भनेको बैंकलाई पत्र लेख्ने र कारबाही गर्ने नै हुन्छ ।’

 

काठमाण्डौ एअरपोर्ट ...

काठमाण्डौं । दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय न ...

मेयर हर्कराजको समर्थ ...

धरान । धरानका पत्रकार गोपाल दाहाललाई धरानका मेयर हर्क स ...

एम्स एकेडेमीमा नयाँ ...

धरान/  नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत ...

बिआरआई नेपालको हितमा ...

सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved