प्रदेश स्तरीय व्याडमिन्टनको उपाधि संखुवासभालाई

  • फाल्गुन २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

इलाम /  कोशी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टनको उपाधि सखुवासभाका खेलाडीले जितेका छन । इलाम नगरपालिका पाँच स्थित कवर्डहलमा सम्पन्न प्रतियोगितामा संखुुवासभाका खेलाडी प्रवीण लिङदेन र सृजन पोख्रेलले सोझो सेटमा भोजपुरका खेलाडी निश्चल खत्री र विशाल तामाङलाई हराउँदै उपाधि आफ्नो पोल्टामा पारेका हुन ।

लगातार २१–१८ र २१–१४ को सोझो सेटमा हराउँदै प्रतियोगिताको उपाधि हात पारेको हो ।
त्यस्तै झापा र पाँचथर तेस्रो भएको छ । झापाका चाडकीय पाठक, नवीन सिलवाल र पाँचथरका सत्यम सुब्बा, सुमन लिम्बु तेस्रो भएका हुन ।

त्यस्तै प्रदेश स्तरीय भेट्रानमा सुनसरीका भजनलाल चौधरी र श्रवण चौधरी प्रथम भएका छन् भने पाँचथरका दीपक आङदाम्बे र गणेश राई दोस्रो भएका छन । त्यस्तै सुनसरीका नवीन सिहँराई,पूर्ण बुढा र इलामका महेश श्रेष्ठ र पुष्कर बुर्जा तेस्रो भएका छन ।

यसैगरि जिल्ला स्तरीय प्रतियोगितामा रमेश खत्री, युगमणि सेवेहाङ प्रथम भएका छन भने गणेश रसाईली, उज्ज्वल राई दोस्रो भएका छन । त्यस्तै ठाकुर नारायण श्रेष्ठ, पूर्ण बहादुर लिम्बु र नयन राई, वीरेन्द्र राई तेस्रो भएको बरबोटे ब्याडमिन्टन क्लवका सचिव राजन दहालले जानकारी दिए ।

खुल्ला प्रतियोगिताको प्रथम ३० हजार, दोस्रो २० हजार र तेस्रो सात हजार पाँच सय ÷ सात हजार पाँच सय पुरस्कार साथै प्रमाणपत्र र मेडल रहेको थियो । त्यस्तै भेट्रान्स र जिल्ला स्तरीय प्रतियोगिताको प्रथम २५ हजार, दोस्रो १५ हजार र तेस्रो पुरस्कार पाँच÷ पाँच हजार रुपैयाँ मेडल र प्रमाणपत्र रहेको थियो ।

जिल्लामा पहिलोपल्ट मेन्स डबल, भेट्रान्स र जिल्ला स्तरीय प्रतियोगिता भएको थियो । बरबोटे ब्याडमिन्टन क्लवका अध्यक्ष गृष्म सुब्बाको अध्यक्षता, प्रतिनिधि सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्य र इलाम नगरपालिकाका प्रमुख केदार थापाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved