सुखानी हत्या काण्डको सम्झना

  • फाल्गुन २२, २०७९
  • भगीरथ भण्डारी
alt



इलाम
हरेक वर्ष फागुन २१ गते ५० अघिको घटना ताजा गराइदिन्छ जुन कम्युनिष्ट आन्दोलन र झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । यो पटक सुखानीमा इलाम र झापाका कम्युनिष्ट नेता कार्यकर्ता भेला भएर त्यही हत्या काण्डमा सहादत प्राप्त गरेका शहिदहरुको स्मरणमा उनीहरुको प्रतिमामा माल्र्यापरण गरे ।
२०२९ फागुन २१ मा कम्युनिष्ट आन्दोलनका क्रममा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा फागुन २१ मा हत्या गरिएको थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । उनीहरुलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख छन् । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोहसंगै ढलेका तिनै सहिदहरु गतवर्षबाट पूर्णकदको शालिक निर्मण भएका छन्् भने यो वर्षबाट शहीदको नाममा दर्ज हुन पाएका छन् । झापा आन्दोलनका क्रममा तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोशी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो । यस दिन शहिदहरुको सम्झनामा यहाँ विभिन्न कार्यक्रम र सरसफाई गर्ने गरिन्छ । यसवर्ष युवा संघ नेपालको आयोजनामा सरसफाई कार्यक्रम गरिएको छ ।
सोही स्थानमा पाँचै शहीदको प्रतिमा पनि स्थापना गरिएको हो । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । झापाको शनि–अर्जुन नगरपालिका भित्र सालघारीमा शहीद पार्कको निर्माण गरिएको छ । सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले झापाको शनिश्चरे स्थित नमूना सामुदायिक वन क्षेत्रभित्र प्रतिष्ठानले पाँच जना शहीदको पूर्ण कदको सालिकको उभ्याएपछि सम्झनाको रुप केही हदसम्म भएपनि फेरिएको थियो । त्यस क्षेत्रलाई सहिद पार्क बनाएपछि शुल्कसहित प्रतिष्ठानले जानेहरुलाई प्रवेश गराएर पार्कलाई जीवन्त बनाएको छ । पार्कसँगै भिमसेन पोखरी, स्मृति स्थल नजिकै एकसय ५० जना क्षमताको एउटा व्यवस्थित सेमिनार हल पनि बनाइएको छ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved