दुध बेचेर मासिक ६८ हजार

  • फागुन १९, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम /  नेपालमा वैदेशिक रोजगारी नै आम्दानीका लागि मुख्य बाटो भएको ठानेर विदेश जान लाइन लाग्ने युवा जमात बढ्दै गइरहेको छ केही गरे गाउघरमै स्वरोजगार बन्न सकिन्छ भनेर नसोची विदेश जान मरिहत्ते गर्ने युवा एकपटक विदेश पुगेर आए पनि पुनः विदेशिने नै गर्छन् ।

गाउँमा हरेक घरका एक न एक युवाहरू पैसा कमाउन विदेशमा परिश्रम गरिरहेका छन् तर यहि केहि गर्न सकिन्छ भन्ने युवाहरु स्वदेशमै मनग्य आम्दानी गरिरहेका छन् । इलाम फाकफोकथुम गाउँपालिका ४ का एक किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । फुएतप्पा थामडाँडाका किसान भवानी खनालले दूध बेचेर मासिक ६८ हजार रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

दैनिक ४० लिटर दूध बिक्रि गरी खनाल परिवारले मनग्य आम्दानी गरिहरहेका छन् । त्यहाँ उत्पादित दूध स्थानीय सहकारी संस्थाले किन्न गरेको छ । २० वर्ष अघिसम्म स्थानीय जातका गाई पालन गर्दै आएका खनालले राम्रो आम्दानी नभएपछि उनले उन्नत जातका गाई पाल्न थालेका हुन् ।

घाँसको समस्या नहुने फाकफोकथुममा गाईपालन व्यवसाय फस्टाउँदो छ । अहिले दुई माउ उन्नत गाईको दूध बिक्रि गरेर खनालले स्थानीय थामडाँडा कृषि तथा पशुपालन सहकारी संस्थाबाट मासिक ६८ हजार आम्दानी लिने गरेका छन् । खनालले १० वर्ष अघि वैदेशिक रोजगारीबाट फर्केर उन्नत जातको गाईपालन सुरु गरेका हुन् ।

स्थानीय जातका गाई पालनबाट दैनिक १४ लिटर दूध बिक्रि गर्ने खनाल परिवारले अहिले ४० लिटर दूध सहकारी संस्थामा बिक्रि गर्दै आएका छन् । किसानले दूधको मुल्य समेत राम्रै पाउने गरेका छन् । प्रतिलिटर ६० देखि ७० रुपैयाँसम्ममा दूध बिक्री हुने गरेको खनालको भनाई छ ।

मासिक ६८ हजार संस्थाबाट थाप्ने खनालको मासिक १० हजार घाँस र १५ हजार श्रममा खर्च गर्दापनि ३३ हजार खुद आम्दानी हुन्छ । ‘बिहान र बेलुकाको नियमित काम गाई स्याहार्ने नै हो । दिउँसो अन्य काम गर्न पनि भ्याइन्छ’ खनालले भने, ‘उन्नत जातको गाईपालनबाट सबै खर्च कटाएर मासिक ३३ हजारजति बचत हुँदो रहेछ । यसले छोराछोरी पढाउन र घरखर्च चलाउन पुगिरहेको छ ।’

वैदेशिक रोजगारी सरह स्वदेशमै आम्दानी गर्न पाएकोमा खनालकी पत्नी सजना ढकाल पनि खुशी छन् । विदेमा अर्काको देशमा परिश्रम गरेको कमाईभन्दा आफ्नै गाउँघरमा गाईपालनबाट गरेको आम्दानीले सन्तुष्ट मिलेको ढकाल बताउँछिन् । खनालको व्यावसायिक गाईपालनबाट गाउँका किसानहरु पनि पशुपालनमा आकर्षित भएका छन् । खनालसँगै थामडाँडाका ५० बढी किसानहरु व्यवासायिक गाईपालनमा लागेका छन् ।

उनीहरुले थामडाँडा कृषि तथा पशुपालन सहकारी संस्थामा दूध बेच्ने गरेका छन् । खनाल परिवारको दैनिक संकलन हुने दूध संस्थामा पु¥याउन दुवैजना जाने गरेका छन् । सहकारी संस्थाले किसानबाट प्रतिलिटर ६० देखि ७० रुपैयाँसम्ममा दूध किन्ने गरेको छ ।

सो सहकारी संस्थाले स्थानीय किसानबाट मासिक १४ लाख रुपैयाँ बराबरको दूध किन्ने गरेको जनाएको छ । ग्रामीण क्षेत्रमा खनाल परिवारले गाई पालनबाट गरेको आम्दानी गाउँमा मात्रै नभएर वैदेशीक रोजागरीका लागि सहर धाउने युवाका लागि उदाहरण बनेको छ । पशुपालनलाई व्यवसायीक प्रोत्साहान गर्न गाउँपालिकाले पनि योजना बनाएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved