धरान एक्स्पोमा ‘पर्यटन गोष्ठी’

  • फागुन १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरान एक्स्पो २०७९ मा बुधबार पर्यटन गोष्ठी आयोजना गरेको छ । प्रदेश नं. १ मा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश १ भरिका पर्यटन व्यवसायीबीच गोष्ठीको आयोजना गरिएको हो ।
सुनसरीको व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवर्धनका लागि सञ्चालन भइरहेको एक्स्पोमा गोष्ठी प्रदेश १ को पर्यटन विकास र प्रवर्धनमा केन्द्रित रहेको थियो ।
सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान १०ः३० बाट सुरु भएको गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद् र सरोकारवालाको उपस्थिती रहेको थियो ।

एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार गोष्ठीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, पर्यटन बोर्ड सदस्य कृष्ण शाह, पर्यटनविद् वासुदेव शाह, धरान उपमहानगरपालिकाका प्रतिनिधि र पर्यटन उद्यमीको सहभागिता रहेको थियो ।

‘पर्यटन क्षेत्रमा भएका समस्या, त्यसका समाधान र प्रवर्धनमा गोष्ठी केन्द्रित रहेको थियो’ बरालले भने, ‘त्यसबाहेक नयाँ पर्यटकीय स्टलको पहिचान र त्यसको प्रचारका विषयमा पनि अन्तरक्रिया भएको थियो ।’

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा यसअघि ‘स्वरोजगार तालिम’ सम्पन्न भइसकेको छ ।
एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार फागनु २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा अन्य विषयमा समेत गोष्ठी, कार्यशाला र तालिम सञ्चालन हुनेछ ।

एक्स्पो अवधिभित्रै धरानको खानेपानी समस्या समाधानको विषयमा समेत अन्तक्रिया कार्यक्रम हुने उनले बताए । फागुन ११ गतेबाट धरान रङ्गशालामा जारी एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय २३ स्टल प्रदर्शनीमा राखिएका छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved