विराटनगरमा नेट र केवलको तार व्यवस्थापन तीव्र

  • फागुन १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन सुरु गरिएको थियो ।

तार व्यवस्थापनका लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक छलफल समेत राखेको थियो । विभिन्न चरणका बैठकको निर्णयअनुसार सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

‘हामी कर्मचारीले नेतृत्वको योजना र निर्देशन कार्यान्वयन गर्ने हो,’ प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, ‘सरसफाई, पार्किङ र तार व्यवस्थापनसँगै कानुनविपरीत निर्माण गरिएका संरचना हटाइरहेका छौं ।’

म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने गरी कामलाई तीव्रता दिएको कोइरालाले बताए । महानगरको अभियानमा साथ दिन विराटनगरवासीलाई मेयर कोइरालाले आग्रहसमेत गरे ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved