तेह्रथुममा जिल्ला बैठक सम्पन्न

  • फागुन १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत मंगलबार प्रदेश १ का बिभिन्न जिल्लाहरुमा बैठक, भेला, लगायत अन्य विभिन्न गतिबिधी भएका छन् ।

तेह्रथुम जिल्लाको सदरमुकाममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका इन्चार्च राजेन्द कुमार गौतमको उपस्थितिमा मिशन ग्रासरुट अभियान अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्यक्रम सम्पन्न भएको छ ।

इन्चार्ज गौतमले पार्टीमा देखिएको बिसंगति, बेतिथि, स्थानीय तहमा देखिएको गुटगत राजनैतिक राजनैतिक अन्त्य गर्दै दशौ राष्ट्र्रिय महाधिबेशनले तय गरेको नारालाई सार्थक तुल्याउन यो अभियान कोशे ढुंगा साबित हुने बताए ।

उनले टोल कमिटीदेखि केन्द्रीय स्तरसम्म पार्टीलाई एक ढिक्का बनाई राख्नको लागि पार्टी प्रति इमान्दार देखाउनु पर्ने बताए । नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपानेले पार्टी निर्माणमा वडा देखि नै सदस्यहरु अनुशासन भई जनताको आवश्यकतालाई ख्याल राखी उनीहरुको समस्या हल गर्न तर्फ पनि लाग्नुपर्ने बताए ।

पार्टीको तल्लो निकाय देखि नै अनुसाशन कायम गर्न सकियो भने संगठन निर्माण मजबुद हुने र अन्तत पार्टीले स्थानीय निकाय, प्रदेश र संघमा समेत जनताले जिताउने कुरामा ढुक्क रहने बताए ।

अभियानमा जिल्ला खटिएका नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार, केन्द्रीय सदस्य हरि बहादुर राइ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम तेह्रथुम जिल्लाका जिल्ला अध्यक्ष तेजमान कन्दङवाको अध्यक्षता सम्पन्न भएको थियो ।

यसै गरी तेह्रथुम जिल्लाका स्थानीय पालिका अन्तर्गत लालिगुरासं गाउँपालिका मा फाल्गुन १३ गते र छतर गाउपालिकामा फाल्गुन १४ गते भएको कार्यक्रम केन्द्रीय सदस्य बिजय सुब्बाको उपस्थितिमा सम्पन्न भएको थियो भने जिल्लाको म्याङलुगं नगरपालिकामा फाल्गुन १२ गते मिशन ग्रासरुट कार्यक्रमको केन्दीय सदस्य यज्ञराज सुनवारको उपस्थितिमा भएको थियो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved