जीवन विकास सामाजिक कार्यमा तल्लीन

  • फागुन १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /‘जसको कोही छैन, उसको जीवन विकास’ भन्ने नाराका साथ सञ्चालन गरिएको जीवन विकास लघु वित्त संस्थाले आफ्नो चौथो बार्षिको उत्सव विभिन्न सामाजिक कार्यमा लगाएर मनाएको छ 

मंगलबार परेको चौथो बार्षिक उत्सवको अवसरमा संस्थाले समाजमा रहेका गरिब, अति विपन्न, असहाय तथा एकल र जेष्ठ नागरिकहरूलाई सहयोग गरेको छ । वार्षिकोत्सवकै अवसर पारेर गरिब जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति शैक्षिक सामग्री, शैक्षिक परामर्श समेत प्रदान गरेको संस्थाले जनाएको छ ।

संस्थाले बार्षिकोत्सवकै अवसर पारेर विभिन्न जनचेतनामूलक कार्यक्रमसँगै गाउँ टोलमा सरसफाइ र स्वास्थ्य सामग्री वितरण समेत गरेर मनाएको हो ।
वित्तीय संस्थाका विभिन्न शाखा कार्यालयहरुले २० वटा अतिविपन्न परिवारको घर निर्माण, १५ स्थानमा सरसफाई कार्यक्रम, १० स्थानमा वृक्षारोपण एवं स्वास्थ्य उपचारमा सहयोग, खाद्य सामग्री सहयोग जस्ता सामाजिक कार्यगरी आफ्नो वार्षिकउत्सव उल्लासपूर्ण रुपमा मनाएको छ ।

यति मात्र नभएर समय समयमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । विगतदेखि नै जीवन विकास लघु वित्तले बार्षिकोत्सवको अवसर पारेर दुःखमा रहेकाहरुको घर निर्माण, स्वास्थ्य सहयोग, राहत वितरण, ज्येष्ठ नागरिकलाई सहयोग, खाना वितरण, सरसफाई र वृक्षरोपणका कार्यक्रमहरु निरन्तता दिँदै आएको छ ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved