समय घर्के पछि हिँउ पय्रो "पर्यटकको घुइँचो बढ्यो"

  • फागुन १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /हिउ पर्ने सिजन वित्न लाग्दा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल तीनजुरेमा हिउ परेको छ । आइतबार साँझ यस क्षेत्रमा हिउँ परेसँगै सोमबार विहानैदेखि आन्तरिक पर्यटकहरु आएर हिउँ खेल्नेको संख्या ह्वात्तै बढेको छ ।

खासगरि गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा पर्यटकको मुख्य रोजाईमा पर्र्दै आएको तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा यस बर्ष भने फागुनको दोस्रा्े सातामात्रै हिउँ पर्दा पनि पर्यटकहरु हिउँसँगै रमणीय दृश्यमा रमाएका छन् ।

विराटनगरकाबाट तीनजुरे क्षेत्रमा पुगेका कुमार वास्तोलाले पहिला नै आउने रहर हुँदा हुँदै पनि हिउँ नपरेकोले आउन नसकेको बताए । उनले भने–‘पहिला नै यो क्षेत्र आउने चाहना थियो, बर्षमा दुई पटक यो क्षेत्रमा आउँछु, एकपटक गुराँस फुल्ने समय चैत्र र्वैसाख, अर्को हिउँ पर्ने सिजन ।

तर यस बर्ष भने हिउँ ढिलो परेकाले ढिलै आएको बताए । परिवारसँगै पुगेका उनले परिवारसँग आएर हिउँ खेल्न पाउँदा अत्यन्तै रमाइलो हुने बताए ।हिउ परेसँगै पर्यटकको आगमन बढेपछि टिएमजे क्षेत्रका होटल व्यवसायको समेत चहलपहल बढेको छ ।

विगतका बर्षहरुमा चारदेखि चार पटकसम्म हिउँपर्ने गरेपनि यस बर्ष हिउँ पर्ने सिजनमा समेत हिउँ नपर्दा उनीहरु चिन्तित थिए । बसन्तपुर तेह्रथुमका स्थानीय मणिकुमार सुब्बाले हिउँ नपर्दा यो क्षेत्रमा पर्यटक नै नआएको बताए ।

उनले भने–‘हिउँ नपर्दा पर्यटक नै आएनन्, यहाँका होटलहरु समेत सुनसान थियो । तर आइतबार टिएमजे क्षेत्रमा परेको हिउका कारण पर्यटकहरुको बाक्लो उपस्थिति रहेको बताए ।गतब बर्ष पाँच पटक सम्म हिउँ परेको टिएमजे क्षेत्रमा यो बर्ष भने पहिलो पटक हिउँ परेको उनको भनाई छ । 

मंसिर अन्तिम सातादेखि फागुनको पहिलो साता हिउ पर्ने सिजन भएको बताउदै सुब्बाले यस बर्ष हिउँ समय वित्न लागेर पनि परेकोले हिउँ खेल्नेहरुको संख्या बढेको बताए । उनले भने–‘यो पालाचाहिँ ढिलो परेको भएर पर्यटक पनि ढिलो आए, हिउ खेल्नकै लागि यहाँ तराईका जिल्लाबाट अधिकांश सर्वसाधारण आउने गर्छन् ।

विगतमा लाली गुराँस नगरपालिका बसन्तपुरमा समेत हिउँ पर्ने भएपनि यस बर्ष भने गुफापोखरी, चौकी, मंगलबारे लगायतका स्थानहरुमा हिउ उनको भनाई छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved