धरान एक्स्पोमा रोटेपिङ सञ्चालनमा

  • फागुन १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt - फायल तस्बिर

धरान /  धरान उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा सोमबारबाट रोटेपिङ सञ्चालनमा आएको छ । अनुमति नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै पालिकाले रोटेपिङमा रोक लगाएको थियो ।

रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले सोमबार रोटेपिङ सञ्चालनमा आएको जानकारी दिए ।
‘आवश्यक प्रक्रिया पूरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दिएका छौँ’

एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै सोमबारबाट एक्स्पोमा रोटेपिङ सञ्चालनमा ल्याएका छौँ ।’ सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा जारी एक्स्पोमा रोटेपिङबाहेक अन्य मनोरञ्जनका सामग्री र बाल उद्यान सञ्चालन भइरहेका छन् ।

एक्स्पोको पाँचौँ दिन आज चर्चित गायक दीपक लिम्बूको साङ्गीतिक प्रस्तुति रहेको थियो । गायक लिम्बूबाहेक स्थानीय कलाकार र समूहले आ–आफ्नो प्रस्तुति दिइएको बताइएको छ ।
फागुन २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा एक सय २३ स्टल अवलोकन गर्न सकिनेछ । एक्स्पोमा दिउँसो ३ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दिउँसो तीनदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको एक्स्पोमा पाँच बजेपछि प्रवेश शुल्क २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

एक्स्पो अवलोकनकर्ताको सहजीकरणका लागि धरानका विभिन्न पाँच स्थानबाट निःशुल्क बस सेवा उपलब्ध गराइएको छ भने एक्स्पो स्थलसम्म सञ्चालन हुने अटोमा छुटको व्यवस्था गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved