सुनाखरीको अभिभावक दिवस सम्पन्न

  • फाल्गुन १५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरान–१२ स्थित सुनाखरी एकेडेमीको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।
विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले देशको शैक्षिक विकासमा निजी विद्यालयहरूले दिएको योगदानलाई उपेक्षा गर्न नसकिने धारणा राखे ।

कार्यक्रमको उद्घाटनपछि मन्तव्य राख्ने क्रममा उनले निजी विद्यालयहरूलाई कुनै समस्या परे सहयोगका लागि धरान उमनपा सर्धैँ तत्पर रहेको आश्वासन पनि दिए । त्यस क्रममा उनले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई सुनाखरी अब्बल विद्यालयको रूपमा स्थापित भएको बताए ।

333110239_739956364143618_7976703020550104698_n

विद्यालयबाट लगिएको अवलोकन भ्रमणपछि फर्किएर प्रतिवेदन तयार पार्ने कक्षा–११ र १२ का उत्कृष्ट विद्यार्थीहरूलाई सो अवसरमा अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए । अवलोकन भ्रमणमा जानुअघि उनीहरूलाई महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवम् कोशीपत्र दैनिकका सम्पादक राजेश विद्रोहीले प्रतिवेदन लेखनबारे प्रशिक्षण दिएका थिए ।

उत्कृष्ट प्रतिवेदनको छनोट पनि विद्रोहीले नै गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूका नाम घोषणा गर्ने क्रममा उनले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञानमा पनि जोड दिनु सुनाखरीको सुन्दर पक्ष भएको धारणा राखेका थिए ।

333441367_500892158690696_3196591144171322744_n

 

‘विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सैद्धान्तिक ज्ञानले मात्र हुँदैन’, उपप्राध्यापक विद्रोहीले थपे, ‘विद्यार्थीलाई हरेक क्षेत्रमा प्रतिस्पर्धी बनाउन व्यावहारिक ज्ञान पनि आवश्यक पर्छ ।’
विद्यालयको प्रतिनिधित्व गर्दै देशका विभिन्न प्रतियोगितामा भाग लिई वर्षभरिमा पुरस्कार जितेका विद्यार्थीहरूलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । विद्यार्थीहरूलाई सुनाखरीका निर्देशक प्रदीप राई, चन्द्र संस्कृत माविका शिक्षक सूर्य अधिकारी, विद्यालयका सञ्चालक किशोर सम्बाहाम्फेलगायतले पुरस्कार वितरण गरेका थिए ।

3 2 1

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मिलनकुमार राईले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै उनीहरूमा भएका अतिरिक्त प्रतिभा प्रस्फुटनका लागि मञ्च प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा विद्यार्थीहरूले फेसन सोका साथै आकर्षक नृत्य र गीत प्रस्तुत गरेका थिए । शिक्षिका रेस्मा तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको अघिल्लो भागको सञ्चालन शिक्षक प्रवीण खत्रीले गरेका थिए भने पछिल्लो भाग दिप्सा, नाव्या, श्रेयालगायतका विद्यार्थीहरूले सञ्चालन गरेका थिए ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved