विब्ल्याँटे–माईपोखरी–सन्दकपुर सडक कालोपत्रे कम्पनीको लापरवाहीले गुणस्तरहीन सडक

  • फाल्गुन १४, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम /  इलामको विब्ल्याँटे–माईपोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रेमा निर्माण कम्पनीको गुणस्तरहीन काम गरेको पाइएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणको काम गुणस्तरहीन रहेको पाइएको हो ।

गुणस्तरहीन काम गरेको पाएपछि सडक डिभिजन कार्यालयले पटक पटक पत्र काट्दा पनि निर्माण कम्पनीले अटेर गरिरहेको छ । नागार्जुन कन्स्ट्रक्सन कम्पनीले तीन करोड २५ लाख ३४ हजार दुई सय चार रुपैयाँ ४८ पैसामा २०७७ सालमा ठेक्का लागेर निर्माण सुरु भए पनि कालोपत्रे गर्ने क्रममा ठेकेदारले लापरबाही गरेको पाइएको हो ।

कालोपत्रे गर्ने क्रममा सडकलाई तयारीपुरा नगरी कालोपत्रे गर्ने गरेको र खुट्टाले कोट्याउँदा उक्किने र धुलै धुलो आउने गरेको पाइएको छ । जस्विरेदेखि माइपोखरी तर्फको दुई किलोमिटर निर्माण नसकिँदै उक्किन थालेको छ भने अहिले निर्माण भइरहेको सडकको काम पनि गुणस्तरीय बन्न नसकेको स्थानीयले बताएका छन् ।

स्थानीय भूप्रसाद बजगाईँले यो बाटो हामीले गाउँले हिसाबले देख्दा पनि राम्रो सँग नबनिएको बताए । ‘बाटो बीच बीचमा बनाउने, मोबिल हालेको दुई महिनामा पछि मात्रै काम लगाउने र बीच बीचमा धुलो, बालुवा सफा नगरी कालो पत्रे गर्ने तयारी गरेको सडक खुट्टाले कोट्याउँदै बजगाईँले भने, कालो पत्रे गर्न तयारी गरेको सडक पेलिएको छैन, हातले सजिलै उक्किन्छ, धुलो नहटाई कालोपत्रे काम लतरपतर पारेर गरेको पाइयो ।’

सन्दुकपुर गाउँपालिकाका देऊ बहादुर गुरुङले पहिले सोलिङ गरेको सडक भत्काएर कालो पत्रे गर्ने निहुँले सडक बिगारेको बताए । उनले गत वर्ष पिच गरेको सडक आधा भन्दा धेरै उक्किएको भन्दै अहिले पनि झारो टार्ने काम मात्रै गरिरहेको बताए । ‘

बनाएको ठाउँमा फेरि नहेरेको कारण पनि एक वर्ष नभई भत्किएको छ, सम्बन्धित पक्षले यो कम्पनीलाई कारबाही गर्नुपर्छ ।’ उनले सडको गुणस्तर हेर्दा रकम हिनामिना गरेको देखिन्छ, ।’ ठेकेदार कम्पनीले निर्माणको जिम्ममा लिँदा पहुँचवालालाई रिझाएर मिलेर रकम अपचलन गरेको हुनुपर्छ, नत्र यो सडकको यस्तो दुर्दशा हुने थिएन ।’स्थानीय डिक बहादुर श्रेष्ठले धुलो र रोडा माथि गरेकै कारण अहिले नै कालोपत्रे उप्किन थालेको बताए ।
सडक डिभिजनको निर्देशन अटेर
विब्ल्याटे–माईपोखरी–सन्दुकपुर जोड्ने सडक कालोपत्रेमा निर्माण कम्पनीले सडक डिभिजन कार्यालयलाई समेत नटेरेको पाइएको छ । सडक निर्माणमा गुणस्तरीय काम नगरेको पाएपछि पटक पटक पत्र काटे पनि काम गरिरहेको छ । सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख विदुर पोख्रेलले पटक पटक निर्माण कम्पनीलाई पत्र काटेको र मौखिक रूपमा समेत ध्यानाकर्षण गराइरहेको बताए ।

कार्यालयले २०७८ फागुन २३ ठेक्का सम्झौता अनुसार सडक र पुल कार्यको विशिष्टता मानक वि निर्देश बमोजिम निर्माण कार्य गर्न भन्दै पत्र काट्यो । कार्यालयले निर्माण कम्पनीलाई गत पुस १४ गते प्रिमिक्स कार्पेटको निर्माण भइरहेकोमा सडक र पुल विशिष्टीकरण २०७३ आवश्यक तापमान पु¥याइ काम गर्न पत्र काटेको थियो । त्यस्तै फागुन चार गते पुनः बेस गरी मात्र निर्माण कार्य गर्नु भन्दै पत्र काट्यो ।

सडक डिभिजनले पटक पटक पत्र काटे पनि निर्माण कम्पनीले मापदण्ड अनुसार सडक निर्माणमा अटेर गरेका कारण निर्माण सम्पन्नै नभई भत्किन थालेको छ । डिभिजन कार्यालयले फागुन चारमा पठाएको पत्रमा समेत आधार कामको मोटाई नसुधारी गरिने निर्माणमा कार्यालयको सुपर भिजन नहुने र विल भुक्तानी समेत नहुने उल्लेख गरेको छ ।
उक्त सडक हेर्ने सब इन्जिनियर विरचा शर्माले बेस सुधार्नु भनेर निर्माण कम्पनीलाई पटक पटक जानकारी दिए पनि नसुधारी निर्माणको काम गरेको भए पनि पनि कार्यालयले मेजरमेन्ट न उठाउने, बिल भुक्तानी नदिने पक्रियाका साथै ठेक्का तोड्ने सम्मको गर्ने बताइन ।

केचना कञ्चनजङ्घा पर्यटन मार्गमा निर्माण भइरहेको सडक गुणस्तरहीन बनेकै कारण दीर्घकालीन रूपमा असर पुग्नेमा स्थानीय चिन्तित बनेका छन् । यो मार्गलाई राम्रो सँग निर्माण गर्ने हो भने पर्यटकीय क्षेत्र सन्दुकपुर पुग्नका लागि पनि भारत तिरको बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने पर्यटनकर्मी बताउँछन् । लामो समय पश्चात् सडक निर्माण हुने आशा बोकेका सन्दुकपुरका बासिन्दा निर्माणको काम देखेर सडक निमार्ण नहुने भन्दै चिन्तित बन्न थालेका छन् ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved