प्रदेश १ का मुख्यमन्त्रीद्वारा धरान एक्स्पोको उद्घाटन ‘बैंकले बढाएको चर्को ब्याज व्यवसायीलाई घातक’

  • फाल्गुन १२, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर /  प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्योगी व्यवसायीहरुसँग राष्ट्र बैंकले लिएको चर्को ब्याज घटाउनुपर्ने बताएका छन् । मुख्य मन्त्री कार्कीले बिहीबार धरानको रंगशालामा आयोजना भएको धरान एक्स्पो २०७० को उद्घाटनका अवसरमा सरकारले नीजि क्षेत्रलाई प्रवर्धन गर्ने खालका योजनाहरु अगाडि ल्याउँदै बैंकले लिने गरेको चर्को ब्याज घटाउन केन्द्र सरकार र राष्ट्रबैंक समक्ष आग्रह गरेका हुन् ।
उनले देशको आर्थिक संकटका कारण उद्योग वाणिज्य क्षेत्र धरासायी बन्दै गएको बताउँदै उद्योगी व्यवसायीहरुले लिएको चर्को ब्याजदरका विषयमा चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल सरकारले यस विषयमा स्पष्ट धारणा व्यक्त गर्नुपर्नेमा जोड दिए ।

332760195_874791383632288_313837622640492417_n

राष्ट्र बैंकले आफ्नो नीतिलाई स्पष्ट पार्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार र मुख्यमन्त्रीको हैसियतले यस कुरामा लविङ गर्ने, उद्योगी व्यवसायीहरुको समस्याका विषयमा प्रदेश सरकारको हैसियतले समाधान गर्ने प्रयास गर्ने उद्योगी व्यवसायीलाई आश्वासन दिए ।

उनले विगतमा ६÷७ प्रतिशत लिने गरेको बैंकको अहिले १४ देखि १५ प्रतिशतसम्म पुगेको बताउँदै उद्योगी व्यवसायीहरुको समस्यालाई राष्ट्र बैंक र नेपाल सरकारले अविलम्ब समाधान गर्नुपर्ने धारणा राखे ।

उनले उद्योगी व्यवसायीको ऋणको ब्याज दश प्रतिशतभन्दा माथि पुर्‍याउन नहुने धारणा व्यक्त गरे । निजी क्षेत्रको प्रवर्धन गर्दै उद्योगी व्यवसायीहरुको समस्यालाई सरकारले चाडो सम्बोधन नगरे नीजि क्षेत्रका व्यवसायी तथा उद्योगी पलायन हुने अवस्था आउने बताए ।

उनले भने–‘आर्थिक क्षेत्रको उत्थानको लागि निजी क्षेत्रलाई सँगसँगै अघि बढाउने प्रतिबद्धतालाई सरकारले कार्यान्वयन गर्नुपर्छ, ।’
उनले नेपालमा बहुदल स्थापना, लोकतन्त्र स्थापना भएपछि नीजि क्षेत्र देशको आर्थिक अवस्था सुधार गर्ने बलियो खम्बाको रुपमा स्थापित भएको बताउँदै नीजि क्षेत्रलाई वाइपास गरेर सरकार अघि बढे मुलुकको औद्योगिक क्षेत्र धरासायी बन्ने धारणा व्यक्त गरे ।

1677215285640

उनले भने–‘निजी क्षेत्रलाई वाइकट गरियो भने, टाढा राखियो भने औद्योगिक क्षेत्रहरुमा कुनै पनि प्रगति हासिल गर्न सक्दैन, मुलुक फेरि अधोगतिमा लाग्ने, पछाडि फर्कने बाध्यता हुन सक्छ ।’ उनले नीजि क्षेत्रलाई बलियो बनाएर लानुपर्नेमा जोड दिए ।

गत असार महिनामा बजेट बन्दा नेपालमा ठूला घरानाहरुलाई सहयोग पुग्ने गरी, दुई चारवटा उद्योगहरुलाई बल प्रदान गर्ने उद्देश्यले नेपालका सयौँ उद्योग धन्दाहरुलाई सखाप पार्ने प्रयास भएको बताउँदै मुख्यमन्त्री कार्कीले यसकै कारण आज मुलुकका औद्यागिक क्षेत्रहरु धरासायी बन्दै गएको धारणा व्यक्त गरे ।

उनले भने–‘आज हामीले नेपालमा उत्पादन भइरहेका उत्पादित सामग्रीलाई बजारमा जानका लागि चर्को शुल्क लगाइदिएर बाहिरबाट ल्याउने कच्चा पदार्थमा चर्को शुल्क लगाएर आज विदेशबाट उत्पादन भएका सामानहरुलाई आयातमा खुकुलो पारिदिने लगायतका कामले गर्दा हामीले ठूलो क्षति व्यहोरेका छौं, जसका कारण हाम्रो बजेटको आकारलाई तीन खर्ब जति घटाउनुपर्‍यो, आज व्यापार घाटा बढेर एक खर्ब ९० लाख पुगेको छ, यो डरलाग्दो स्थिति हो ।’

उनले उद्योगी व्यवसायीहरुलाई निर्धक्क भएर उद्योग धन्दा चलाउन आग्रह गर्दै प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्ने हो, कस्तो नीति बनाउने हो प्रदेस सरकार तपाईहरु समक्ष रहेको भन्दै आश्वासन समेत दिए । सरकारको स्थायित्व नहुँदा व्यवसायमा पनि असर परेको बताउँदै व्यावसायिक प्रवर्धनका लागि राजनीतिक स्थिरता हुनुपर्नेमा जोड दिएका थिए ।

यस्तै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले अहिलेको विषम परिस्थितिमा नीजि क्षेत्रको अवस्था नाजुक रहेको बताएका थिए । नीजि क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो एक्सोले लगानी प्रवर्धनका ठूलो सहयोग पुग्ने अपेक्षा अध्यक्ष श्रेष्ठले राखेका थिए । स्थानीय उत्पादनसँगै आसपासका उत्पादन, भारत, बंगलादेशसम्मका उत्पादनहरुलाई एक्सोपमा राखिएको बताउँदै एक्स्पोमा देश विदेशका उद्योगी व्यवसायी सम्मिलित गरेर लगानी सम्मेलनको आयोजना गरिने भएकोले यसले लगानी प्रवर्धनमा थप टेवा पुर्‍याउने उनको भनाई थियो ।

मेलामा १ सय २३ स्टल रहेको संघका प्रथम उपाध्यक्ष एवम् मेलाको संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । उनले एक्स्पोमा स्थानीय कृषि उत्पादन, साना उद्योगबाट उत्पादन भएको अचार र कृषि औजारहरुको समेत स्टल रहेको बताए ।

एक्सो उद्घाटनका अवसरमा उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल उद्योग वाविज्य संघ प्रदेश नं. १ का अध्यक्ष, वर्तमान केन्द्रीय सदस्य लगायतले सरकारले व्यवसायिक लगानीको वातावरण तयार गर्न सरकारसमक्ष माग गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद रमेशकुमार बस्नेत, यसोदा कायस्थ, ममता योन्जन, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी, इलाका प्रशासन कार्यालय धरानका प्रमुख, प्रहरी अधिकृतहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा लगायतको उपस्थिति रहेको थियो ।

एक्स्पोमा उद्योग, कृषि तथा व्यवसायिक स्थल रहेका छन् । एक्सोमा मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने बताउदै एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ ।

एक्स्पो २० गतेसम्म सञ्चालन हुनेछ ।

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved