सिटी, टेम्पो चालक आन्दोलित ‘हाम्रो रोजीरोटी गुम्यो, समाधान नभए आन्दोलन गर्छौँ’

  • फाल्गुन ११, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  अझै पनि सिण्डिेट प्रथा कायम रहेको, एकतर्फी पार्किङले समस्या निम्त्याएको भन्दै सिटी तथा टेम्पो सफारी चालकहरुले धरान उपमहानगरपालिका घेराउ गरेका छन् । उनीहरुले समस्याको समाधान गरिदिन माग गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

उपमहानगरपालिकाको गेट अगाडि सिटी सफारी र टेम्पो राखेरै आन्दोलनमा उत्रिएका उनीहरुले आफूहरुको मागको सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । टेम्पो, सफारी चालक संघर्ष समितिका अध्यक्ष दलप्रकाश लावतीले फागुन ८ गतेबाट धरान उपमहानगरपालिकाले एकतर्फी सवारी सञ्चालन गर्ने निर्णयले टेम्पो र सफारी चालक व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा असर परेको मेयर साम्पाङ समक्ष गुनासो पोखेका थिए ।  उनले भने–‘एकतर्फी पार्किङका कारण आफूहरुको रोजीरोटी गुमेको छ, यसतर्फ उपमहानगरपालिकाको ध्यान जाओस् ।’ उनले भानुचौकमा संघ र सिण्डिकेटका टेम्पो र सवारीले सबै ठाउँ ओगट्ने गरेको बताउँदै विगतमा आफूहरु सडकबाटै मान्छे चढाउने ओराल्ने गरेको बताए ।

उनले भने–‘एकतर्फी पार्किङले सबैभन्दा मार संघ सेण्डिकेटमा दर्ता नभएका हामीजस्ता सवारी चालकलाई परेको छ, हामीले अहिले पेसिन्जर उठाउन पाएका छैनाै, हाम्रो रोजीरोटी गुमेको छ, हामी पनि नगरबासी हौँ, हाम्रो संरक्षण गर्ने कर्तव्य पनि नगरपालिकाको हो ।’
उनले भानुचौक पेसिन्जर चढ्ने र ओराल्ने केन्द्रविन्दु भएको बताएका थिए । उनले भने–‘हामीले भानुचौकबाट पेसिन्जर चढाउने र ओराल्न नै नपाए पछि गरिखाने कसरी ?’ उनले भरसक वान वे नगरिदिए राम्रो हुने भन्दै मेयर समक्ष आग्रह गरेका थिए । वान वे गर्दा सवारी साधनलाई मात्र हैन, जनतालाई समेत समस्या भएको बताए । 

उनले भने–‘देशीलाइनमा काम छ, सिधा जानुपर्ने तर माथि घुमेर त्यहाँ आउनुपर्छ, त्यो सहजता हो त ? हामीलाई मात्र सहजता हैन सर्वसाधारणलाई पनि समस्या भएको छ, हाम्रो लागि मात्र कुरा गरेको होइन, भानुचौक वरपर राख्दा स्टेन राख्दा हाम्रो रोजीरोटी चल्थ्यो, अहिले त्यो गुम्यो, सर्वसाधारणले पनि अनाहकमा दुःख पाए, यो समस्या समाधान गर्ने पाटो अब नगरपालिकाले खोज्नुपर्छ ।’ उनले बसपार्कलाई व्यवस्थित गरेमात्र धेरै समस्या समाधान हुने बताए ।

पहाडबाट आउने यात्रुवाहक बसलाई पुरानो बजारमा रोकेर यात्रु झारेदेखि सिटी तथा टेम्पोको स्टेण्ड त्यहा जाने बताउदै भानुचौकमा हुने भीडभाड धेरै कम हुने बताए । उनले भने–‘बसपार्क ठूला सवारी साधनको भीडभाडले नै अस्तव्यस्त बनाएको छ, बसपार्क त्यही भए पनि पेसिन्जर ओराल्ने ठाउँ परिवर्तन गर्ने हो भने पनि यो समस्या समाधान हुने थियो ।’

चालकहरुले भानुचौकमा भएको सिण्डिकेट हँटाउनु माग समेत गरेका छन् । आफूहरुले राखेको माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सो अवसरमा धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले दिनप्रतिदिन बढ्दै गएको सवारी चापलाई व्यवस्थाप गर्न पनि एकतर्फी सवारी सञ्चालन आवश्यक भएको बताएका थिए । उनले एकतर्फी सवारी सञ्चालनमा कसैलाई फाइदा पुगेको छ भने कसैलाई बेफाइदा पुगेको बताउदै बेफाइदा भन्दा पनि फाइदा बढी भएको आफूले पाएको बताएका थिए ।

उनले भने–‘नियम, कानुन एउटालाई मात्र लाग्ने कुरा हैन, सबैलाई लाग्छ, एकतर्फी बाटोले सबैले राम्रो भएको छ, तपाईहरुलाई असर परेको छ, यस विषयमा बसेर हामी छलफल गर्छौ ।’
सिटी तथा टेम्पो सवारी चालकहरुको आन्दोलनपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेत तथा धरान उपमहानगरपालिकाका मेयर, चालकहरु सम्मिलित छलफलमा बसेको थियो छलफलबाट केही निष्कर्ष निस्किन सकेको थिएन ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved