अवैध कपडा सहित सवारी साधन नियन्त्रणमा

  • फागुन ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

झापा /  झापाको कमल गाउँपालिका–३ र दमक नगरपालिका–६ ट्याक्सी स्टेण्डबाट अवैध कपडा सहित दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार अपरान्ह कमल गाउँपालिका–३ केर्खा स्थित पुर्व पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक देवानन्द मिश्रको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमतर्फ आउँदै गरेको मे.१ज २८०४ नम्बरको पिकअप गाडीमा अवैध रुपमा ल्याउँदै गरेको करिव १४ लाख ८० हजार ७ सय ७८ रुपैया मुल्य बराबरको विभिन्न किसिमका सारी लगायतको कपडाहरु बरामद गरेको थियो ।

यसै गरी सोही टोलीले दमक–६ स्थित ट्याक्सी स्टेण्डमा प्रदेश १–०१–००१ च ७७२९ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा करिव ६ लाख ६१ हजार ७ सय ४१ रुपैया मुल्य बराबरको विभिन्न किसिमका सारी लगायतको कपडाहरु बरामद गरेको हो ।

दुवै पिकअपका चालक हल्दीबारी–२ झापाका २४ बर्षीय जनक कर्मकार र भद्रपुर–५ का ३२ बर्षीय अनिल वि.क. पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved