धरान १७ मा ग्याँस विस्फोट आठ जना घाइते, वीपीमा उपचार हुँदै

  • फागुन ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर / धरान उपमहानगरपालिका वडा नं. १७ को एक घरमा ग्याँस विस्फोट हुँदा आठ जना घाइते भएका छन् । धरान १७ रेल्वेस्थित आदर्श चौकमा सोमबार करिब ५ बजेतिर ग्याँस विस्फोट भएको थियो ।
स्थानीय सविता राईको घरमा ग्याँस विस्फोट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राईको घरमा डेरा गरी बस्ने अञ्जना राईले ल्याएको कोशी ग्यास जोड्ने क्रममा ग्याँस लिक भएको थियो । कोशी कम्पनीको सो ग्याँस जोड्ने क्रममा विस्फोट भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार ग्याँस लिक भएपछि बनाइदिन कोशी ग्याँसका कर्मचारीलाई अन्जनाले आग्रह गरेपछि कर्मचारी अनिश कार्की र बासुदेव खड्काले लिक भएको ग्याँस जोडेका थिए । जोड्ने क्रममै ग्याँस सिलिण्डर पड्किएको थियो । ग्यास पड्केर ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा अन्जना राई, अन्जना राईकी ६६ वर्षिया आमा राजकुमारी राई, १० वर्षका छोरा सोनिका राई तथा ८ वर्षकी छोरी साङ्केन राई, घरधनी सविता रार्ई रहेका छन् । त्यस्तै कोशी ग्याँसकै कामदारहरु धरान ११ बस्ने १९ वर्षका अनिश कार्की तथा सिरहा बन्दीपुरका १८ वर्षका बासुदेव खड्का घाईते भएका हुन् ।

ग्याँस पड्केर घाईते भएका सबैको वीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनीहरुले शरीरको विभिन्न भागमा आगोले जल्नुका साथ–साथै कपाल समेत डढेको छ ।

घटनाबाट घरको झ्यालको सिसा समेत फुटेको स्थानीयले बताएका छन् । डिएसपी मल्लले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए । उनले भने–‘ग्यास लिक हुँदा बनाउने क्रममा विस्फोट भएको बुझिएको छ,

यस सम्बन्धमा थप बुझ्ने काम भइरहेको छ, अहिले घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ, सम्पूर्ण विवरण आउन बाँकी नै छ ।’ डिएसपी मल्लका अनुसार घाइते सोनिका राई र सविता राईको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुलाई थप उपचारका लागि अन्यत्रै लाने तयारी भइरहेको डिएसपी मल्लले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved