धरान एक्स्पो : साहित्यलाई विशेष स्थान

  • फागुन ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरान एक्स्पो २०७९ मा साहित्यले विशेष स्थान पाउने भएको छ ।
आयोजक सुनसरी उद्योग वाणिज्य संघले फागुन ११ देखि सुरु हुने प्रदर्शनीमा साहित्यलाई समेट्दै छुट्टै स्टलका रुपमा समावेश गर्ने निर्णय गरेको छ ।
सुनसरीको व्यावसायिक प्रवर्धन गर्ने मुख्य उद्देश्य राखिएको एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार प्रदर्शनीमा साहित्यको स्टल राखिने भएको हो ।

नेपालका विभिन्न स्थानमा आयोजना हुने प्रदर्शनीमा व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तीय संस्था लगायतका क्षेत्रले स्थान पाउने गरेको भए पनि साहित्यले प्राथमिकता नपाएको विषयलाई सम्वोधन गर्दै स्टलका रुपमा समावेश गरिएको हो ।

‘एक्स्पोमा साहित्यले स्थान नपाएको हामीले महशुस गरेका छौँ’ स्टल संयोजक बराल भन्छन्, ‘धरान कला, साहित्य र रङ्ग क्षेत्रको उर्वर भूमि हो भन्ने सबैलाई थाहा छ । त्यसैले अरुले नगरे पनि हामीले सक्ने प्रयास धरान एक्स्पोबाट सुरु गरेका हौँ ।’

आयोजकका अनुसार साहित्यबारे जानकारी दिन र साहित्यिक सामग्रीको बिक्री वितरणको लागि एक्स्पोमा स्टल राखिने छ । त्यसबाहेक, साहित्यिक स्टल राख्न चाहनेलाई समेत एक्स्पोले सुपथ मुल्यमा स्टल उपलब्ध गराउनेछ ।

डोम प्रविधिको प्रयोग गरी धरानमा पहिलो पटक आयोजना हुन लागेको एक्स्पोमा विभिन्न क्षेत्रका एक सय बढी स्टल रहने छन् । दैनिक ३० हजार बढीले अवलोकन गर्ने र १० करोड बढीको व्यापार हुने अनुमान गरिएको एक्स्पो धरान रंगशालामा फागुन ११ देखि २० गतेसम्म आयोजना हुँदैछ ।

धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा आयोजना हुन लागेको एक्स्पोलाई मितेरी डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्योरेन्स, टुबोर्ग, हुन्डाई, निक, त्रिवेणी ग्रुप, लक्ष्मी र यति कार्पेटले मुख्य प्रायोजन गरेका छन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved