प्रदेश १ स्तरीय अन्तर कलेज बास्केटवल "दोस्रो दिन चार विद्यालय विजयी"

  • फागुन ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन, धरान सिटी, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी बिजयी बनेका छन् ।

शनिबार भएको पहिलो खेलमा महिला तर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाइ ३८–४ अंकको फराकिलो अन्तरले पराजित गरेको थियो । यसैगरि पुरुष तर्फको खेलमा धरान सिटि कलेजले डिपो स्कुललाई २९–२८, इन्जिनियर कलेजले बिकेबिएम बिराटनगरलाई २८–२४ र राष्ट्रिय जनसेवक कलेज इटहरीले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारलाइ ३८–१५ अंकले पराजित गरेको छ।

खेलमा मेघाका सितल तामाङ र निरुता राइले समान ८ अंक ब्यक्तिगत जोडेका थिए । यसैगरि डिपोका रिदम राइले १३, इन्जिनियर कलेजका अनमोल राइले २२ र राष्ट्रिय जनसेवक इटहरीका विजय शाहले ११ अंक जोडेका छन ।

अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनही दुई हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

आइतबारको पहिलो खेल पुरुष तर्फ धरान सिटि कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ। महिला तर्फ भने सियोन स्कुल र केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसार र धरान मेघा र पब्लिक हाइ स्कुलबीच सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved