प्रहरीको जनशक्ति कम : ‘जनतासँग सहकार्य गरेर अघि बढ्ने’:– डिएसपी नवराज मल्ल

  • फाल्गुन ६, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर/इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले जनतासँग सहकार्य नगरी शान्ति सुरक्षा कायम गर्न चुनौति देखिएको बताएका छन् । डिएसपी बुद्ध श्रेष्ठको सरुवा भएपछि धरानको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न इलाका प्रहरी कार्यालय धरान आएका डिएसपी मल्लले नेपालको जनसङ्ख्या अनुसार नेपाल प्रहरीको जनशक्तिले एक जना बराबर ३ सय ८३ जनालाई प्रहरीले हेर्नुपर्ने बताए । उनले भने– ‘नेपाल अधिराज्यभरि नेपाल पुलिसको जनशक्ति ८९ हजार ५ सय ४१ रहेको छ, प्रदेश १ मा भने एक जना प्रहरीले ४ सय ६८ जना हेर्नुपर्ने देखिन्छ, सुनसरीमा भने एकजना प्रहरीले ७ सय ६२ जनालाई हेर्नुपर्ने अवस्था रहेको छ ।’

उनले आफूले कार्य सम्पादन गरिसकेको दुईवटा जिल्लामध्ये संखुवासभामा जनसङ्ख्या कमी भएका कारण एक जना प्रहरीले २ सय ४९ र पश्चिमको अर्घाखाँचीमा भने एक जना प्रहरीले ४ सय ४८ जनालाई हेर्नुपर्ने बताए ।

उनले धरानमा भने दरबन्दी अनुसार प्रहरी जनशक्ति नपुग्ने बताए । उनले भने–‘हाम्रो दरबन्दी जति हो त्यस अनुसार हेर्दा ५ सय ६३ जनालाई हेर्नुपर्छ, यहाँ ४० जना जनशक्ति बढी छ, हामीलाई प्रदेशले जिल्लाले थप जनशक्ति प्रदान गरेको हो, हामीले अहिले भने १ हजार १ जना सेरोफेरोलाई हेर्नुपर्छ ।’

यो तथ्याङ्कलाई हेर्दा शान्ति सुरक्षामा जनतासँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए । शान्ति सुरक्षाको हकमा सञ्चारकर्मीहरुको समेत उत्तिकै भूमिका रहने बताउँदै यस विषयमा उनले सुझाव दिन समेत आग्रह गरे । उनले भने–‘धरानको समग्र शान्ति सुरक्षामा प्रहरीले मात्र सम्भव छैन, सञ्चारकर्मीले समेत भूमिका निर्वाह गर्दै जनतासँग सहकार्य गरेर अगाडि बढ्नु आवश्यक देखिएको छ, यसका लागि सञ्चारकर्मी र प्रहरी मिलेर अगाडि बढ्नुपर्छ ।’

उनका अनुसार प्रहरी दरबन्दी इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र पानमारा प्रहरी चौकीबाहेक अन्य स्थानमा नभएको बताए । उनले भने–‘यो तीनवटा सहित ११ वटा थप गरी १४ वटा प्रहरी इकाई कार्यालयमा हामी कार्यरत छौ ।’ उनले प्रहरीको जनशक्ति अनुसार सुरक्षा चुनौति पनि उत्तिकै रहेको बताए ।

उनले धरानमा परेका विभिन्न मुद्दाको फेहरिस्त सुनाए । उनले भने–‘आव ०७७÷०७८ मा ३ सय १८ मुद्दा इलाका प्रहरी कार्यालयमा दर्ता भएका थिए, ०७८÷०७९ मा ५ सय ११ मुद्दा दर्ता भएको रहेछ, यो ८ महिनाको तथ्यांक हो, यही रेसियोमा गयो भने यो आर्थिक बर्षभित्रमा ७ सयको रेसियोमा दर्ता हुने देखिन्छ ।’ उनले लागू औषध कारोबारमा धरानमा धेरै विकराल अवस्था देखिएको बताए । उनले भने–‘लागू औषध मुद्दामा अघिल्लो आर्थिक बर्ष ०७७÷०७८ मा ५७ वटा मुद्दा दर्ता भएको बताउदै यो मुद्दा सम्पूर्ण मुद्दाको १५ प्रतिशत हुने बताए । यस भन्दा अगाडि अर्थात आर्थिक बर्ष ०७७÷०७८ मा घटेर ५५ वटा मुद्दा दर्ता भएको बताउदै प्रतिशतको हिसाबले १० प्रतिशत हुने बताए । उनले ०७८÷०८९ को ८ महिनामा ४२ वटा मुद्दा दर्ता भएको भएको र सम्पूर्ण मुद्दाको १० प्रतिशत हुने बताए । उनले भने–‘यो आर्थिक बर्षको ८ महिनाको तथ्यांकमात्र हो, पूरै आर्थिक बर्षभित्रमा १५ देखि १७ प्रतिशतसम्म लागू औषधको मुद्दा दर्ता हुने आंकलन गर्न सकिन्छ ।’ उनले यस पछाडि अभद्र व्यापारमा मुद्दा दर्ता भएको पाइएको बताए । उनले भने–‘आव ०७६÷०७८मा अभद्र व्यवहारमा ९९ वटा मुद्दा दर्ता भएको जस अन्तर्गत सम्पूर्ण मुद्दाको २६ प्रतिशत हुन्छ, गत बर्ष अर्थात ०७७÷०७८ मा १ सय ३६ मुद्दा प्रतिशतमा ३२, यो आव ०७८÷०७९ को आठ महिनामा १ सय ४५ मुद्दा दर्ता भएको र प्रतिशतमा ३५ प्रतिशत हुन आउँछ ।’

उनले बैंकिङ कसुर, आर्थिक ठगीका मुद्दाहरु अहिले भयावह अवस्थामा बढ्दै गएको बताए । उनले भने–‘ यही रेसियामा बैंकिङ कसुर, आर्थिक ठगीका मुद्दाहरु बढ्दै जाने हो भने थेग्नै नसक्ने अवस्थामा पुग्छ, अहिले नै यो केसमा १९ प्रतिशत मुद्दा परिसकेको छ, आउने सबै मुद्दालाई हेर्ने हो भने प्रहरीले अर्को मुद्दा नै हेर्न नपाउने अवस्था आउन सक्छ ।’

सो अवसरमा सञ्चारकर्मीहरुले शान्ति शान्ति सुरक्षाको विषयमा धरानको वास्तविकता बताएका थिए । धरानको लागू औषध नियन्त्रण सबैभन्दा चुनौतिको विषय रहेको बताउदै डिएसपी मल्लले यसमा सबै सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved