हर्मोनिज स्काउट क्याम्प सुरु

  • फागुन ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान : चौथो हर्मोनिज स्काउट क्याम्प शुक्रबार सुरु भएको छ ।

नेपाल स्काउटका पूर्व केन्द्रीय सचिव वासुदेव भण्डारीले स्काउटको भण्डोत्तोलन गरेर क्याम्पको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भण्डारीले उद्घाटन कार्यक्रममा बोल्दै स्काउटले अनुशासित, चरित्रवान्, कर्तव्यप्रति सचेत र देशभक्त नागरिक बनाउन सहयोग गर्ने धारणा राखे । ‘बालबालिकामा असल चरित्रको विकास गर्न यस्तो कार्यक्रम आवश्यक हुन्छ’, उनले भने, ‘यसले जीवन जिउने कला पनि सिकाउँछ ।’

22

नेपाल स्काउटका धरान नगर समिति संयोजक तथा माउन्ट हर्मन एकेडेमीका निर्देशक अनुप योञ्जन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरी प्याब्सनका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल (नेल्सन) ले पनि मन्तव्य राखेका थिए । स्काउटका १ नम्बर प्रदेश सदस्य हेमन्त भण्डारीले सञ्चालन गरेको कार्यक्रममा माउन्ट हर्मनका प्रशासक नवीन राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस क्रममा उनले बालबालिकाहरूलाई व्यावहारिक ज्ञान सिकाउन क्याम्पले महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको सुनाए ।

11 1

माउन्ट हर्मन स्काउट ट्रुपले आयोजना गरेको दुई दिने क्याम्पमा ७० जना विद्यार्थी सहभागी भएको माउन्ट हर्मनका निर्देशक तामाङले जनाए । ‘रमाउँदै सिक्ने’ नारासहित विद्यालय परिसरमै आयोजित क्याम्पअन्तर्गत विद्यार्थीहरू विभिन्न २८ प्रकारका क्रियाकलापमा सहभागी हुनेछन् । साना बालबालिकालाई राति घर पठाइने तर ठूला बालबालिकालाई भने शुक्रबार राति विद्यालयमै राखिने निर्देशक तामाङले बताए । वार्षिक रूपमै गर्ने गरिएको क्याम्पलाई कोरोना कालमा निरन्तरता दिन नसकिएको उनले सुनाए ।

क्याम्पको क्रममा विद्यार्थीहरूलाई वातावरणको संरक्षण, आत्मनिर्भरता, प्राथमिक उपचारजस्ता जीवनोपयोगी पक्षका ज्ञान दिइनेछ ।

देशैभर सुनचाँदी व्यव ...

धरान । दैनिक अर्बौको काराबार गर्ने सुनचाँदी व्यवसाय पसल ...

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved