वृद्धवृद्धालाई लक्षित गरी छुट्टै ओपिडी

  • फागुन ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई लक्षित गरी छुट्टै ढंगले सेवा दिन थालेको छ । प्रतिष्ठानले फागुन १ गतेदेखि ज्येष्ठ नागरिकलाई लक्षित गरी हरेक बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जेरियाट्रिक क्लिनिक सञ्चालनमा ल्याएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले जेष्ठ नागरिकलाई हरेक प्रकारका उपचारमा सहजता ल्याउनकै लागि नेपालमै पहिलो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो सेवा सञ्चालन गरिएको बताइन् ।

प्रवक्ता डा. प्रधानले भनिन्–‘ ज्येष्ठ नागरिकहरुलाई उमेरका कारणले हुने आन्तरिक कमजोरीका साथै शारिरीक तथा मानसिक समस्याहरु निन्द्रा नलाग्ने, खाना नरुच्ने, थकान महशुस हुने तथा दुई वा सो भन्दा बढि रोगहरु भएकाहरुको उपचार गर्ने उद्देश्यले यो सेवा प्रतिष्ठानले सञ्चालनमा ल्याइएको हो ।’

प्रवक्ता डा प्रधानले समस्या लिएर आएका ज्येष्ठ नागरिकले ओपिडीमा आउँदा लामो समय पालो कुर्नु नपरोस् र भीडका कारणले सास्ती खेप्नु नपरोस् भन्ने मनसायले छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको बताइन् । उनले भनिन्–‘यस किसिमको सेवाहरुबाट ज्येष्ठ नागरिक मैत्री स्वास्थ्य प्रणालीको विकासलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।’

यस्ता समस्या भएका ज्येष्ठ नागरिकका लागि छुट्टै चिकित्सकको व्यवस्था गरिएको छ । भारतको नयाँदिल्लीको अल इन्जिया इन्स्ट्यिुट अफ हेल्ट साइन्सबाट जेयारेटिक मेडिसिन विषयमा स्नात्तकोर गरेर आएकी डा. ऊर्जा भट्टराईले ज्येष्ठ नागरिकको यस्ता समस्यालाई हेर्ने प्रतिष्ठानले जनाएको छ । पहिलो चरणमा १५ जना ज्येष्ठ नागरिकलाई यो सुविधा प्रदान गरिने भएको प्रवक्ता डा. प्रधानले जानकारी दिइन् ।

यो मात्र हैन प्रतिष्ठानले गर्भवती महिलाहरुमा देखापर्ने मधुमेह र थायराईडको असन्तुलन जस्ता स्वास्थ्य समस्याहरुको उपचारका लागि ‘प्रिगेन्सी एण्ड डाइबेटिज एण्ड थाइराइड क्लिनिक’ (गर्भवती तथा मधुमेह र थाइराईड क्लिनिक) को समेत सुरुवात गरेको प्रतिष्ठानले जनाएको छ ।

फागुन १ गतेबाट सुरु भएको यो सेवा भने प्रत्येक हप्ताको बुधबार सञ्चालन गरिने क्लिनिकको विशेषज्ञ चिकित्सक डा.रबिन मास्के बताए ।
यसैगरि प्रत्येक महिनाको पहिलो बिहिबार स्ट्रोक क्लिनिक, दोस्रो विहीबार, बिहिबार टाउको सम्बन्धी क्लिनक लगायतका क्लिनिकहरु सञ्चालन भएका छन् ।

प्रतिष्ठानका अनुसार माघ १ गतेदेखि सञ्चालनमा आएको उक्त क्लिनिकहरुमा प्रतिष्ठानको स्ट्रोक टिमका प्रमुख डा.भुपेन्द्र शाहले विशेषज्ञ चिकित्सकका रुपमा सेवा दिंँदैआएका छन् । मस्तिष्कघात भइ शरिरको एकपाटो नचल्ने, अत्याधिक टाउको दुख्ने, छारेरोग लागेर बेला बेला मुर्छित पर्ने, पार्किन्सन्स रोग लागेर हिडडुल गन नसक्ने, बोल्न, एकैठाउँ बसिरहन असहज हुने जस्ता समस्या भएका बिरामीरुलाई लक्षित गरी छुट्टै ओपिडीको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा अनुसार ओपीडीमा चेकजाचका लागि आउदा वा फ्लोअपमा आउँदा अन्य बिरामीहरुको भिडका कारण घण्टौ लाइनमा बस्न असहज तथा कठिनाई हुने भएकोले यस्ता बिरामीहरुलाई लक्षित गरी लागि छुट्टै ओपिडी सञ्चालनमा ल्याइएको हो । ।

 

देशैभर सुनचाँदी व्यव ...

धरान । दैनिक अर्बौको काराबार गर्ने सुनचाँदी व्यवसाय पसल ...

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved