विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन

  • फागुन ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ ।महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो ।

अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गर्ने कार्यका विषयमा जानकारी गराएकी थिइन् ।

उपप्रमुख कार्कीले आफूलाई परेका समस्या खुलस्त राख्न बालिकाहरूलाई आग्रह गरिन् । अभिभावक र विद्यालयका शिक्षकहरूबाट बालिकाहरूलाई कस्तो व्यवहार भइरहेको छ भन्ने जानकारी लिन अभियान सञ्चालन गरिएको उपप्रमुख कार्कीले बताइन् ।उपप्रमुखसित बालिकाहरूले खुलस्त आफ्ना कुरा गरेका थिए ।

बालिकाहरूलाई पेपर दिएर आफ्ना मनका कुरा लेख्न दिइएको थियो । बालिकाहरूले लेखेका कुरा आफूले अध्ययन गर्ने र विद्यालयले सुधार गर्नुपर्ने केही विषय भए सुधार्न निर्देशन दिने उपप्रमुख कार्कीले जानकारी दिइन् ।

‘कतिपय समस्या बाहिर ल्याउन नसक्दा बालिकाहरू डिप्रेसनमा जाने अवस्था पनि रहन्छ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले उनीहरूभित्र गुम्सिएका कुरा बाहिर आउँछ र मन हलुका हुन्छ ।साथै केही समस्या भए बेलैमा समाधान गर्न सकिन्छ ।

 कार्यक्रममा न्यायिक समितिका सदस्यसमेत रहेका विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, कानुन शाखाकी प्रमुख कानुन अधिकृत शारदा थपलियाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियानले बालिकाहरूका समस्या पत्ता लगाएर समाधान गर्न सहयोग पुग्ने बताए । अभियानमार्फत महानगरका सबै सामुदायिक विद्यालयमा पुगेर बालिकाहरूका समस्या बुझ्ने थपलियाले जानकारी दिइन् ।

नहरमा ८९ वर्षीया वृद ...

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित ...

१६ वर्षदेखि फरार कैद ...

सुनसरी/ सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा १६ वर् ...

मेचीनगरमा ‘लम्पी स्क ...

झापा/ मेचीनगर नगरपालिकाका विभिन्न वडामा पशुहरूमा स ...

धरान–कालाबञ्जार खण्ड ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved