धनकुटाको विद्यालयलाई सामाग्री वितरण

  • फागुन ३, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर / सेवक अभियान द्वारा धनकुटाको समुदायिक स्कुललाई सहयोग गरेको छ । हिमालय विकास बैंकको सहयोगमा अभियानले विद्यालयलाई सहयोग सामाग्री वितरण गरेको हो ।

धनकुटा साँगुरीगढी गाउपालिका खुवाफोक मादेन गाउँमा रहेको ८ वटा सामुदायिक विद्ययालयमा अध्यनरत विध्यार्थीहरुलाई आईतवार न्यानो वस्त्र, शैक्षिक सामाग्री गरी ३ सय ३५ थान वितरण गरेको हो । सो अवसरमा विद्यार्थीहरुलाई खाजा समेत वितरण गरिएको थियो ।

विकट ठाउँमा रहेको सामुदायिक स्कुलका विद्यार्थीहरुले शैक्षिक सामाग्रीको अभावमा अहिले पनिे पढन कठिन हुने भएकोले सहयोग गरिएको सेवक अभियानका अभियन्ता राजीव हलुवाईले बताए । कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीु, वडाका वडाध्यक्ष, विद्यायालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो । 

सेवक अभियानले हिमालय बैंक प्रा. लि. धरान शाखाको सहयोगमा वितरण गरेको हो । सो अवसरमा हिमालय बैंक प्रा.लिका प्रमुख रंजित मार्सेली जनसम्पर्क आधिकारी आयुष्मा शाक्य, देवनारा मुन्दडा परिवार बिराटनगर, अरविन्द एण्ड ब्रदर्श धरान र प्रदीप कोल्ड स्टोर धरान १५ समेत सहयोग गरेका थिए । कार्यक्रम भने भानुभक्त आधारभूत विद्यालयकाो प्राङ्गणमा भएको थियो ।

 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved