सम्झौता विपरीत साना सहरी खानेपानी आयोजना, " हस्तान्तरण नभई रकम असुल्दै नगरपालिका"

  • फागुन ३, २०७९
  • " भगीरथ भण्डारी"
alt

इलाम / लामो समय सम्म पिउने पानीको सङ्कट झेलेका इलाम बजार बासीमा साना सहरी खानेपानी आयोजना निर्माण हुँदा निकै खुसी थिए । ४८ घण्टामा एक घण्टा मात्र पानी आएर हैरान व्योहोरेका उपभोक्ता आयोजना सम्पन्न हुँदा २४ घण्टै पानी आउने र प्रयोग गर्न पाउने भएकाले खुसी थिए ।

खानेपानी आयोजना निर्माण हुने भएपछि खानेपानी ल्याउनका लागि शुरुमा नै प्रति घरधुरी १५ हजार दुई सयका दरले रकम तिरेका नगरवासीलाई सम्झौता विपरीत इलाम नगरपालिकाले मासिक रकम असुल्न थालेको हो ।५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपैयाँमा खानेपानी आयोजनाको ठेक्का लागेको आयोजना सम्झौता मितिले दुई वर्षमै सम्पन्न हुने भनिएता पनि अहिले सम्ममा ९८ प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

सम्पन्न नै भई नसकेको आयोजनाको मासिक शुल्क उठाएर इलाम नगरपालिकाले नगर बासीलाई पिउने पानीमा खेलबाड गरिरहेको छ । खानेपानी आयोजना सम्झौता हुँदा आयोजना सम्पन्न भएको मितिले एक वर्ष सम्म आयोजनाकै जिम्मामा रहने र त्यसपछि मात्र नगरपालिकालाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको थियो । आयोजना सम्पन्न भएपश्चात् एक वर्षपछि मात्र नगरपालिकालाई हस्तान्तरण हुने आयोजना सम्पन्न नै नभई नगरपालिकाले रकम उठाउन थालेर आफै सम्झौता विपरीत लागिरहेको हो । वृहत् आयोजनाको रुपमा रहेको खानेपानी आयोजना सम्पन्न हुन अझै हप्ता दश दिन लाग्ने आयोजनाका अध्यक्ष केदार थापाले जानकारी दिएका छन ।

साना सहरी खाने पानी आयोजनाका सचिव तिलक ठकुरीले आयोजना सम्झौता अनुसार सम्पन्न भएको एक वर्ष पछि मात्र नगरपालिकामा हस्तान्तरण हुने बताए । उनले अहिले आयोजनाकै मिटरबाट नगरपालिकाको शुल्क उठाएको बताए । यता इलाम नगरपालिकाले सोही मिटरबाट पहिलेको दर रेटमै शुल्क उठाई रहेको जानकारी दिए पनि हस्तान्तरणै नभएको आयोजना नगरपालिकाले प्रयोग गर्नुले सम्झौता विपरीत काम गरेको छर्लङ्ग देखिन्छ ।

यो आयोजना सम्पन्न भएपश्चात् एक वर्ष सम्म मर्मत सम्भारका लागि आयोजनालेनै हेर्नुपर्ने र त्यसबेलाको मर्मत सोही आयोजनाले गर्ने सम्झौता भए पनि इलाम नगरपालिकाले हस्तान्तरण नै नभएको आयोजनाको रकम उठाएर आफैले गरेको सम्झौता विपरीत काम गरिरहेको हो । इलाम नगरपालिका ७ का दीपेन्द्र चापागाईँले आयोजना सम्पन्न भएर पनि एक वर्षमा मात्रै हस्तान्तरण हुने आयोजनाको मासिक शुल्क उठाउन नमिल्ने बताएका छन ।

उनले ‘सम्झौता विपरीत पानीको शुल्क मात्र नभएर मिटर र पाइप खरिदमा पनि सम्झौता भन्दा फरक सामाग्री खरिद गरेको र तीन फिट पुर्नुपर्ने सम्झौता भए पनि डेढ फिट मात्र आयोजनाले पाइप पुरेर सम्झौता विपरीत काम गरेको भन्दै चापागाईँले भने आयोजना सम्झौता हुँदाको कागजात हेर्दा हुन्छ सम्झौता अनुसार धाराको पोईन्ट देखि दश मिटरको पाइप आयोजना लेनै दिने भने पनि त्यो पनि सम्झौता अनुसार भएको छैन, उपभोक्त ठग्ने काम मात्र भइरहेको छ ।

सम्झौता अनुरूप आयोजनालाई सम्पन्न नै हुन नदिई नगरपालिकाले आफूले प्रयोग गर्न थाल्नुले नगरपालिका गैर जिम्मेवार रहेको उपभोक्ताको गुनासो छ । नगरपालिकाले पहिले देखि प्रयोगमा ल्याएका मिटर धारा समेट निकाली सकेको र आयोजना सम्पन्न नै नभई उक्त आयोजना आफूले प्रयोग गर्न थालेको कारण खानेपानी वितरणमा समस्या आउनासाथ खानेपानीको सङ्कट आउने देखिन्छ । तराई क्षेत्रमा जताततै प्रयोगमा आएता पनि यस्तो आयोजन पहाडी क्षेत्रमा पहिलो पटक सञ्चालनमा आउन लागेको कारण पहाडी क्षेत्रमा वितरण प्रणालीमा सहज भने छैन

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved