तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक पक्राउ

  • फागुन ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / बचत गरेको रकम दिनुपर्ने माग राख्दै तुलसी सहकारीका सदस्यहरूले सहकारी सञ्चालक र अध्यक्षको घर घेरेपछि प्रहरीले त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । तुलसी बहुमुखी सहकारी संस्थाका दुईजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

विराटनगर २ मा रहेका सहकारी संस्थाका उपाध्यक्ष्ँ अनिता गौतम र सविच सविना न्यौपानेलाई प्रहरीले विहीबार नियन्त्रणमा लिएको हो ।संस्थाका अध्यक्ष फरार रहको मोरङ प्रहरीले जनाएको छ । बचतकर्ताको रकम फिर्ता दिन नसकेका कारण पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन चलिरहेको छ । संस्थाका अध्यक्ष फरार रहेका कारण उपाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएर कारोबार मिलाउन मौका दिइएको प्रहरीले जनाएको छ ।

विराटनगरकी ४ की बिमला भट्टराईले तुलसी सहकारीमा मुद्दती खातामा १८ लाख जम्मा गरेको वर्ष दिन पूरा भइसक्दा पनि सहकारीले साँवा र ब्याज रकम नदिएको गुनासो पोखिन । उनले भनिन् ‘मुद्दती खातामा जम्मा गरेको अवधि पूरा भइसक्दा पनि सहकारीले अहिलेसम्म साँवा र ब्याज दिएन, धाएको पनि महिनौ भइसक्यो ।’ रकम लिन सहकारी जाँदा सहकारीले भाखा दिँदै फर्काउने गरेको उनले बताइन् ।

यस्तै विराटनगरकी ममता कुमारी साहले पनि तुलसी बहुमुखी सहकारीमा बचत गरेको १८ लाख रुपैयाँ पाउन नसकेको बताइन् ।

उनीहरुमात्र हैन धेरैको रकम सहकारीले फिर्ता दिन नसकेको प्रहरीले जनाएको छ मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले सहकारीमा बचतकर्ताले राखेको २० हजारदेखि ४० लाख रुपैयाँसम्म रकम हिनामिना गरिएको पाइएको बताउदै सर्वसाधारणको रकम फिर्ता गराउन पनि दुईजनालाई पक्राउ गरेको उनले बताए । उनीहरुलाई तत्काल अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved