सुच्चा राई समाजद्वारा रक्तदान कार्यक्रम

  • फागुन ७, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान /  धरानको भानुचोकमा शिवरात्रीको अवसर पारेर सुच्चा राई कल्याणकारी समाज सुनसरी र केन्द्रको संयुक्त आयोजनामा २३ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
धरान ६ लोकतान्त्रिक चौतारीमा आयोजना गरिएको सो कार्यक्रममा ७० पिन्ट रगत सङ्कलन भएको थियो । सङ्कलन भएको रगतमध्ये ४२ पुरुष र २८ महिलाले रक्तदान गरेको सुच्चा राई कल्याणकारी समाजका केन्द्रीय उपाध्यक्ष विनोस राईले जानकारी दिए ।

shuc

sucha-Raktadan-pic 1

आफ्नो जातिको उत्थानसँगै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले कोरोनाको समयमा धरान उपमहानगरपालिकालाई ६२ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।
समाजमा सुनसरी अध्यक्ष श्रीकुमार राईको सभापतित्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

ss 1

suc

सुच्चा राईहरुलाई पनि सामाजसेवामा समर्पित गर्नकै लागि यो संस्था गठन गरिएको सुच्चा राई कल्याणकारी समाजका केन्द्रीय अध्यक्ष विनोद राईले बताए । उनले भने ‘सामाजिक काम गर्ने उद्देश्यकै लागि हामीले यो समाज गठन गरेका हौं, गठन भए यता धेरै काम गरेको छ ।’

sssssssssss ssssssssss

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव भइरहने भएकोले समाजले गरेको रक्तदानबाट थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजमा सुनसरी अध्यक्ष श्रीकुमार राईले जानकारी दिए ।

सो रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले समेत रक्तदान गरेका थिए । उनले गरेको रक्तदान यो सँगै ३८ औँ पटक भएको डिएसपी मल्लले बताए ।

 

 

sucha-Raktadan-pic dddddddddd

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved