ट्राफिकसम्बन्धी कोर्ष विद्यालयतह देखि नै राखिनुपर्नेमा जोड

  • फागुन ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / प्रतिनिधिसभा सदस्य तथा सडक सुरक्षा एलायन्सका संयोजक योगेश भट्टराईले ट्राफिक सम्वन्धी कोर्ष स्कुल तह देखि नै अध्ययन गराउनु पर्नेमा जोड दिएका छन् ।

विहीबार इटहरीमा सडक सुरक्षा सम्वन्धी प्रदेश स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै प्रतिनिधीसभा सदस्य भट्टराईंले ट्राफिक ज्ञान र सवारी चालक सम्वन्धी कोर्ष विद्यालयदेखि क्याम्पससम्म राख्नुपर्नेमा जोड दिए ।

विदेशमा विद्यार्थीलाई ट्राफिक ज्ञानबारे सचेत गर्ने गरिएकाले बताउदै नेपालमा पनि सडक सुरक्षा सम्वन्धी बिषयलाई सरकारका तीनै तहले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियोे । पछिल्लो समय दुर्घटनाका घटनाले भयावह स्थिति सिर्जना भइरहेकाले पछिल्लो समय सडक सुरक्षाको सवालमा बहस हुने क्रम बढेको छ ।

भट्टराईंले पछिल्लो समय मोटरसाइकलबाट सवैभन्दा बढीले ज्यान गुमाउने गरेकोले युवा वर्गलाई सचेतना फैलाउनु आवश्यक रहेको पनि बताए । कुल दुर्घटनामध्ये २६ प्रतिशत मोटरसाइकल दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्मा उल्लेख छ ।

कार्यक्रममा प्रदेश नंं. १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री दुर्गा चापागाईले प्रदेश सरकारले सडक सुरक्षाको बिषयलाई प्राथमिकता दिने प्रतिवद्धता ब्यक्त गरे । योजनाबद्ध ढंगले सडक सुरक्षाको विषयलाई अघि बढाइने उनको भनाई थियोे ।

प्रदेश सांसद मिना श्रेष्ठले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र दायित्व नभई सबै पक्षको समन्वय हुनुपर्ने बताइन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम महतोले सडक पूर्वाधार र सडक सुरक्षामा वजेट बढाउनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल अटोमोबाइल एसोसिएसन नासाका महासचिब गोबिन्द भट्टराई, ट्रान्सपोर्ट इन्जिनियर आशिष गजुरेल, रोड सेफटी काउन्सिलका इन्जिनियर आयुश श्रेष्ठलगायतले सडक सुरक्षाका लागि अपनाउनुपर्ने उपायबारे प्रस्तुत गरेका थिए ।

रोड सेफटी काउन्सिलको आयोजना, नासा नेपालको संयोजन, इटहरी उपमहानगरपालिका, नेपाल रेटक्रस, स्वास्थ्यकर्मी महासंघ, विद्यालयलगायतका सामाजिक संस्थाहरुको सहयोगमा प्रदेश स्तरीय कार्यक्रम आयोजना गरिएको कार्यक्रमको संयोजन हेल्पिङ् युथ सुनसरीले गरेको थियो । हेल्पिङ् युथका अध्यक्ष विकल पौडेलका अनुसार कार्यक्रमा प्रदेश नं. १ का १४ वटै जिल्लाबाट सयभन्दा बढीको प्रतिनिधित्व रहेको थियो ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved