बुढासुब्बाको २३ औँ संस्करण फागुन १३ बाट ‘खेलकुदमा सहयोग छैन’

  • फाल्गुन ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  खेलकुदकाे विकासमा सरकारले बजेट छुट्याएको छ तर खेलकुदका गतिविधि चलायमान बनाउँदै आएका क्लबहरुले भने सरकारी स्तरबाट पर्याप्त बजेट नआएको गुनासो पोख्दै आएका छन् ।
वर्सौँदेखि खेलकुदलाई चलायमान बनाउँदै लगेका क्लबहरुले अहिले पनि रकम जुटाएर प्रतियोगिताको आयोजना गर्ने गरेका छन् । यसको प्रत्यक्ष उदाहरण हो धरान फुटबल क्लब । करिब तीन दशक अघि क्लब गठन गरेर पूर्वमा फुटबलको जग बसाल्ने काम गरेको क्लबले अहिले पनि सहयोग मागेरै बुढासुब्बा गोल्डकप सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ ।

कोरोना तथा स्थानीय निर्वाचनका कारण दुई बर्ष प्रतियोगिता गर्न नसकेको अन्तर्राष्ट्रिय अमन्त्रण बुढासुब्बा गोल्डकपले आर्थिक अभावकै कारण २२ औं संसकारको विजेता टिमको पुरस्कार एक हप्ता अगाडि मात्र दिन सकेको छ । यसको प्रमुख कारण खेलकुद सञ्चालन गर्ने क्लबको स्थायी स्रोत नभएर नै हो ।

धरानको फूटबलको जग बसाउने मात्र हैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने क्लबलाई अहिले पनि आर्थिक सहयोग जुटाएर प्रतियोगिता आयोजना गर्ने गरेको छ । खेलसम्बन्धी स्पष्ट नीति बनाएर तीनै तहका सरकारले दिगो आयस्रोतको माध्यम बनाउदै व्यावसायिक खेलाडी उत्पादनमा जोड दिनुपर्ने धरान फुटबल क्लबका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राईले बताए ।

उनले भने–‘खेलकुद प्रतियोगिता गर्नेहरुका लागि सरकारले सीमित स्रोत साधन दिएर झारा टार्ने काम गरेको छ, स्थायी स्रोतको व्यवस्थापन गर्न सकेको छैन, मैले यस विषयमा धेरै पटक सम्बन्धित निकायमा कुरा राखिसके, तर सुनुवाई हुँदैन ।

यसपटक धरान उपमहानगरपालिकाले भने ३ लाखबाट एकैपटक १५ लाख पुर्‍याएका छ ।’ उनले स्थानीय स्तरबाट यो सहयोग पर्याप्त नभएको बताए ।
उनले विराटनगरमा भएको विराट गोल्डकपमा मेयर नागेश कोइरालाले आफैले संयोजनको भूमिका निर्वाह गरेको प्रसंग कोट्याउँदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समक्ष पनि यो कुरा क्लबका तर्फबाट राखेको सुनाए ।

331307336_6423136957697509_5246051054748035579_n

उनका अनुसार फुटबलको जग बसाल्ने धरान फुटबल क्लबले प्रतियोगिता आयोजना गर्दा अन्य ठाउँमा प्रतियोगिता हुँदैनथ्यो, धरानको बुढासुब्बा गोल्डकपको साख सबैतिर थियो, राष्ट्रिय सँगै अन्तर्राष्ट्रिय स्तरका खेलाडी प्रतियोगितामा आउँथे, यस पटक भने त्यो प्रयास गरिएको उनको भनाई थियो । धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले फागुन १३ देखि २० गतेसम्म आयोजना हुन लागेको प्रतियोगितामा बगलादेशको केविपिएस, एभेनिर फुटबल क्लब केमरुङसँगै काठमाण्डौ तथा पूर्वका झापा, मोरङ गरी ८ वटा टिम रहने भएकोले यो प्रतियोगिता विशेष प्रतियोगिता हुने बताएका छन् ।

आइतबार धरान १२ होटल पूर्वीमा पत्रकार सम्मेलनको आयोजन गरी क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले आर्थिक अभावकै कारण विगतमा खेलाडीलाई दिनुपर्ने पुरस्कार समयमै दिन नसकिएको बताएका थिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५ /२५ हजार नगद र ट्रफी प्रदान गरिने भएको छ ।

331035304_625818095950355_3757588755745313826_n (1)

कोरोना तथा राजनैतिक कारणले दुई बर्ष हुन नसकेको यो प्रतियोगितालाई यो बर्ष भने विगतकै शाख फर्काउने प्रतियोगिता गर्ने आयोजकको दाबी छ । आयोजकका अनुसार स्थानीय सरकार धरान उपमहानगरलिका, प्रदेश सकार, खेलकु विकास बोर्ड १ नं. प्रदेश राष्ट्रिय खेलकुद परिषद लगायत विभिन्न दाताबाट १ करोड ९ लाख ५० हजार सहयोग आउने क्लबले जनाएको छ भने प्रतियोगिताको खर्च ८५ लाख ५ हजार खर्चको अनुमान गरेको छ ।

०७६ सालदेखि विविध कारणले प्रतियोगिता हुन सकेको थिएन । त्यसबेला मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौलाई पछि पार्दै विभागीय टिम नेपाल पुलिसले बुढासुब्बा गोल्डकपको ट्रफी उचालेको थियो ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved