कार्य सम्पादन मूल्यांकनमा धनकुटा नगरपालिका बन्यो प्रथम

  • फाल्गुन ७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा धनकुटाका सात वटै पालिकामध्ये सबैभन्दा बढी अंक ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ ।

प्र्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा ६६.६० अंक प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो ।

यता, १ नम्बर प्रदेशका १४ जिल्लाका १३७ पालिकामध्ये धनकुटा नगरपालिका कार्यसम्पादन मूल्यांकनमा ९ औं स्थानमा पर्न सफल भएको छ । कार्यमूल्यांकनमा राम्रो नतिजा आएपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले खुशी व्यक्त गरेका छन् ।

कामको मूल्यांकनका आधारमा तुलनात्मक रुपमा हामी राम्रो पोजिसनमा आएका छौं,’ मेयर तामाङले भने अब आगामी बर्ष अझै राम्रो नतिजा ल्याउँने गरी काम गर्छौ ।’आयोगले ११ वटा सूचकका आधारमा सातवटै प्रदेश सरकार र १७ वटा सूचकको आधारमा ७५३ वटै पालिकाको कार्यसम्पादन मूल्यांकन गरेको थियो ।

आयोगद्वारा सार्वजनिक प्रतिवेदन अनुसार धनकुटाका सात वटा पालिकामध्ये धनकुटा नगरपालिकाले सबैभन्दा बढी र पाख्रीवास नगरपालिकाले सबैभन्दा कम अर्थात ४७.०९ अंक पाएको छ । त्यस्तै, छथर जोरपाटी गाउँपालिकाले ६३.५५, सहिदभूमि गाउँपालिकाले ६२.२५, महालक्ष्मी नगरपालिकाले ५८.९४, चौबिसे गाउँपालिकाले ५४.६४ र साँगुरीगढी गाउँपालिकाले ५२.५४ अंक प्राप्त गरेका छन् ।

मूल्यांकन प्रतिवेदन अनुसार ६० प्रतिशत अंक कटाउँने पालिकाको संख्या न्यून छ । राजश्व र व्ययको अनुमान गाउँ तथा नगर सभामा समयमै पेश गरे÷नगरेको वा समयमै पारित भए नभएको, राजश्व संकलनको अवस्था, बजेट खर्च, कार्यप्रगति, वेरुजुको अवस्थालाई पालिकाको कार्य मूल्यांकनको आधार बनाइएको छ । त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकताका साथ हेरिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, उत्तीर्ण प्रतिशत, गर्भवती महिलाले नियमित गराउँनुपर्ने गर्भजाँचको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी गराउँनेको संख्या, खोप लगाउँनुपर्ने वालवालिकालाई नियमित खोप लगाए नलगाएको लगायत सूचकका आधारमा पालिकाको मूल्यांकन गरिएको छ ।

आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार कार्यमूल्यांकन चित्त नबुझेमा आगामी मंगलबारसम्म पुनरावलोकनका लागि प्रमाणसहित निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved