मेघा हिमालयनका विद्यार्थीहरू विशेष प्रशिक्षणका लागि पोखरा जाँदै

  • फागुन ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/धरान मेघा हिमालयन कलेजमा होटल व्यवस्थापन सङ्कायतर्फ कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरू विशेष जापानी परिकार बनाउने कला सिक्न नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने भएका छन् ।

विद्यार्थीहरूको टोली बुधबार (फागुन ९) त्यसतर्फ प्रस्थान गर्ने मेघाका होटल व्यवस्थापन सङ्काय प्रमुख पोषण श्रेष्ठले जनाए । उनीहरूलाई होटल व्यवस्थापनमा उत्कृष्ट प्रयोगात्मक प्रशिक्षण दिने गरेको कलेजमा लगिने श्रेष्ठले बताए । पाठ्यक्रममा समावेश प्रयोगात्मक कार्यबाहेक वाइन सेंसोरी (वाइन मेकिङ), बारटेन्डिङ कार्यशाला, वाइन कार्यशालाजस्ता विशेष प्रयोगात्मक कक्षा सञ्चालन गरिरहेको कलेजमा लगिनेछ ।

उनीहरूलाई नेपालकै प्रसिद्ध सेफ आरके लामा (राजकुमार लामा) ले प्रशिक्षण दिनेछन् । लामा आरके हस्पिटालिटीका अध्यक्ष पनि हुन् । उनी होटल व्यवस्थापनका लागि स्नातक तहमा पोखराकै उत्कृष्ट कलेज नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्टका पूर्वसेफसमेत हुन् । निकट भविष्यमा नेपालकै ठूलो कुलिनरी स्कुल खोल्ने लक्ष्य लिएका लामाले देश तथा विदेशमा दर्जनौँ होटल रेस्टुेन्टहरूमा अनुभव लिइसकेका छन् ।

यसका साथै विद्यार्थीहरूलाई पोखराको पाँचतारे होटलमा सेमिनारमा समेत सहभागी गराइने मेघाका होटल व्यवस्थापन सङ्काय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार होटल उद्योगमा लामो अनुभव बटुलिसकेका व्यक्तिहरूले सेमिनारमा आफ्ना अनुभव र ज्ञान बाँड्नेछन् ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved