कवि उत्तमको एकल वाचन

  • फागुन ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/युवाकवि उत्तम लिम्बूको एकल कविता वाचन कार्यक्रम आइतबार यहाँ सम्पन्न भएको छ ।

कार्यक्रममा उनले करिब डेढ दर्जन कविता सुनाएका थिए । ४०–५० जना स्रोता भएको सभाकक्षमा उनले कविता सुनाउँदा स्रोताहरू शान्त भएर ध्यानस्थ थिए । समसामयिक राजनीतिका विकृति र जीवनका विसङ्गतिहरूलाई चोटिला शब्दमा प्रस्तुत गर्न सिपालु लिम्बूले समकालीन जीवनका विविध भोगाइहरू पनि कवितामार्फत् व्यक्त गरे । कार्यक्रममा उनका कविताहरू कवि करुणा राई, छविना लुङ्गेली मगर र तीर्थराज विश्वकर्माले पनि सुनाएका थिए ।

कार्यक्रमको चाँजो पाँजो सिर्जनशील सामाजिक युवा समूहले मिलाएको थियो । समूहकी वरिष्ठ उपाध्यक्ष समीक्षा छिलिङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज कवि बम देवान र राजेश विद्रोहीले आप्mना धारणा राखेका थिए । कार्यक्रम जिना अधिकारीले सञ्चालन गरेकी थिइन् ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved