पुल बनाउने एजेन्डा बोकेर दुई पटक सांसद मन्त्री बने, पुल बनेन

  • फागुन ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  पुल निर्माण गर्ने एजेन्डा बोकेर अमनलाल मोदी मोरङबाट दुई पटक साँसद बने । दुई पटक सांसद बन्दा उनले यही पुल निर्माणको एजेन्डालाई प्राथमिकतामा राखेका थिए ।

पुल भने अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । आइतबार उनले सो पुलको निरीक्षण गर्दै सिंघिया खोलाको पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए ।
गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा सांसद बनेर मन्त्री बनेका मोदीले आइतबार विराटनगरमा आएर निर्देशन दिएका हुन्

उनले भने– ‘यो पुल सिंघया पुल छेउछाउमा बासेबास गर्ने तथा मोरङबासीको लागि अति आवश्यक छ, मैले यो पुल निर्माण गर्छु भनेर दुइपटक चुनाव जितिसके तर यो पुल बनेको छैन, अब ढिलाइ नहोस्, यो पुलको निर्माणकार्य छिटै सकियोस्,’

पुलको शिलान्यास २०५८ सालमा भए पनि पुलको काम अलपत्र अवस्थामा रहेको थियो । अलपत्र अवस्थामा रहेको सो पुल निर्माणका लागि मन्त्री मोदीले यस भन्दा अगाडि नै निर्माण कार्य शुरु गरेका थिए तर कामले गति भने लिएको छैन ।

आइतबार उनले निरीक्षणका क्रममा पुलको निर्माणको जिम्मा लिएको सूर्य शान्ति कार्की बन्धु जेबीलाई चाँडो निर्माण गर्न निर्देशन दिएका थिए । उनले भने–‘यो पुल निर्माण हुँदा विराटनगर लगायत आसपासका कृषकलाई सहज हुन्छ, आउजाउमा सहज हुन्छ ।’

मोरङको बुढीगंगा र ग्रामथान गाउँपालिका जोड्े पुलको निर्माण गर्ने जिम्मा सूर्य शान्ति कार्की जेबीले जिम्मा लिएका छ । यो पुलको लम्बाई करिब ६० मिटर रहेको बताइएको छ । पुल निर्माणको लागि ठेक्केदार कम्पनीले १२ करोड ५७ लाखमा ठेक्का लिएको हो ।

निर्माण कम्पनीका सञ्चलक दिपेन्द्र कार्कीले यो पुल आर्थिक बर्षभित्र सम्पन्न गर्ने बताएका थिए । उनले भने–‘विविध कारणले पुल निर्माण ढिलाईमा समस्या भएको छ, चालू आर्थिक बर्षमै पुल निर्माण गरिसक्ने लक्ष्य हाम्रो छ ।

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

झापाको मेचीनगरमा चिय ...

झापा/  झापाको मेचीनगर नगरपालिकाले चिया बगानसह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved