धरानमा एकतर्फी प्रणाली लागू कार्यान्वयन गर्न चुनौती

  • फाल्गुन ९, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर /  धरान बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि धरान उपमहानगरपालिकाले यसको व्यवस्थापन गर्न एकतर्फी प्रणाली लागू गरेको छ ।
धरानमा दैनिक बढ्दै गएको सवारी साधनको चापलाई मध्यनजर गर्दै यसको नियन्त्रण गर्दै अस्तव्यस्त ट्राफिक व्यवस्थापनका लागि धरानमा एकतर्फी प्रणाली सोमबारबाट गरेको होे ।

लागू गर्नुभन्दा पहिला धरानको भानुचौकमा एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमपश्चात धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीषक श्यामकुमार बस्नेत, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, सशस्त्र प्रहरी टोली, जनपथ प्रहरी टोली, नगर प्रहरीको टोलीले धरानको भानुचौकबाट पैदलयात्रा नै गरेर लक्ष्मीचौक हुँदै पुरानोबजारबाट भानुचौकसम्म सचेतना फैल्याउँदै आएका थिए ।

मेयर साम्पाङले दुर्घटना नहोस्, भिडभाड नहोस्, भन्ने उद्देश्यले एकतर्फी पार्किङ शुरु गरेको बताएका थिए । उनले भने–‘यो कसैलाई सास्ती दिनका लागि हैन, भानुचौक एरिया अत्यन्तै खचाखच र जोखिमपूर्ण भानुचौक र भानुचौकका बजार क्षेत्रमा सवारी साधनको चाप अत्यन्तै धेरै भएकोले बारम्बार दुर्घटना भइरहेको छ, यसैका कारण जनधनको क्षति बर्षैनी हुने गरेको छ, यो नहोस् भन्नका लागि हामीले एकतर्फी प्रणाली लागू गरेका हौं, यसमा सबैको साथ सहयोग चाहिन्छ ।’

ट्राफिक व्यवस्थापनका लागि ल्याइएको प्लान ‘ए’ अभ्यासका रुपमा लागू गरिएको बताउँदै अस्तव्यस्त पार्किङ र सवारीको भीडभाड घटाउन वान वेको अभ्यास सुरु गरेको उनको भनाई थियो ।
मेयर राईले प्लान ‘बी’ अन्तर्गत पहाडी क्षेत्रबाट आउने भाडाका सवारीलाई धरान १३ तिरै व्यवस्थापन गर्ने, इटहरीतिरबाट आउने सवारीलाई निर्माणाधीन नयाँ बसपार्कमा व्यवस्थापन गर्ने, चतरातिरबाट आउने सवारीलाई फोकल्याण्डतिरै व्यवस्थित गर्ने दीर्घकालीन योजना रहेको बताए ।

धरान सहर सुन्दर हुँदा हुँदै पनि बढ्दो सहरीकरणसँगै सवारी साधनको चापका कारण धरान अस्तव्यस्त मात्र हैन, दुर्घटनाको जोखिम बढेका कारण यसलाई नियन्त्रण गर्न पनि एकतर्फी प्रणाली लागू गर्न आवश्यक भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनले भने–‘अत्यधिक चापका कारण ट्राफिक प्रहरीलाई पनि धेरै चुनौति थियो, सधैजस्तो सवारी जाम ट्राफिक हुँदा प्रहरीलाई ट्राफिक नियम पालना गराउन असाध्यै गार्‍हाे थियो, एकतर्फी प्रणालीले भने केही सहज हुन्छ भन्ने सबैलाई लागेकोले यो प्रणाली लागू गरिएको हो, यसलाई निरन्तता दिनुपर्छ ।’

धरानमा २०४५ साल अघिसम्म एक तर्फी प्रणाली लागू गरिएको थियो । ०४५ सालको भुकम्प अगाडि लागू भएको एकतर्फी प्रणाली त्यस पश्चात यो प्रणाली अनुसार सवारी साधनहरु सञ्चालन भएको थिएन ।

धरानको मुख्य चौक भानुचौकमा अव्यवस्थित सवारी साधनको पार्किङले बजार क्षेत्र अस्तव्यस्त बन्दै गए पछि धरानका मेयर हर्कराज राईले मेयर स्तरीय निर्णय गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रशासनको सहायोगमा फागुन ८ गतेदेखि एकतर्फी प्रणाली लागू भएको हो ।

धरानको ट्राफिक व्यवस्थापनका लागि मेयर राईले गरेको निर्णय स्वागत गर्दै यातायात व्यवसायी, मजदुरहरुले सकारात्मक रुपमा लिएका छन् । घण्टौ ट्राफिम जाममा पर्ने समस्या भएका उनीहरुले अब यस्तो समस्या नहुने प्रतिक्रिया दिएका छन् । उनीहरुले वान वे सञ्चालन गरेकोप्रति स्वागतयोग्य काम भएको बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लक्ष्मी बानियाले वान वे प्रणालीले धरानको ठूलो समस्या हल हुने बताए । उनले भने–‘वान वे लागू गर्दा भानुचौकमा हुने सवारी जाम हुन्छ, दुर्घटनाको जोखिम हटेर जान्छ, धरान स्वच्छ र सुन्दर देखिन्छ, यो अत्यन्तै राम्रो काम हो ।’

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved