प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज बास्केटबल पुरुषतर्फ चार स्कुल सेमीफाइनलमा प्रवेश

  • फाल्गुन ९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा पुरुष तर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटी कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल प्रवेश गरेका छन् ।
सोमबार भएको क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेवकले युएन नवोदयलाई ५४– ३० अंकले र आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाई ४२ –२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । खेलमा राष्ट्रिय जनसेवक र युएन कलेजले प्रत्येक क्वाटरमा १२–६, १३–८, १२–५ र १७–११ अंक जोडेका थिए ।

यसै गरि दोस्रो खेलमा अदर्श स्कुल बिर्तामोड र इन्जिनियर कलेजले ६–३, ६–३, ११–८ र १९–८ अंक जोडेका थिए । पहिलो क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेकका अस्मिल राइले २० र आदर्श बिर्तामोडका रोनाल शाक्यले १९ अंक व्यक्तिगत जोडेका छन् ।

अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसैगरि व्यक्तिगत विधामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयमान खेलाडीले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । मंगलबार देखि भने सेमी फाइनलका खेलहरु सुचारु हुने भएका छन् ।

पहिलो सेमिफाइनल खेलमा सिटि कलेज धरान र राष्ट्रिय जनसेवक इटहरी र दोस्रो सेमिफाइनल खेल धरान मेघा हिमालयन र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडबीच प्रतिस्पर्धा हुनेछ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved