स्वस्थ बन्नकै लागि वडा वडामा खुल्ला व्यायामशाला

  • फाल्गुन ९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  व्यस्त जीवनशैली, अस्वस्थ खानपिनसँगै व्यायमको अभावका कारण दिनप्रतिदिन शारीरिक तथा मानसिक रोगीको संख्या बढ्दै गएपछि धरान उपमहानगरपालिकाका वडाहरुले स्वास्थ्य जीवनयापनको लागि धमाधम व्यायामशाला निर्माण गर्न थालेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १३ बाट सुरु भएको यो अभियान त्यसपछि धरान १८, धरान १४, धरान ७ मा खुल्ला व्यायामशाला निर्माण भएका छन् । पछिल्लो समय धरान १६ ले समेत व्यायामशाला निर्माण गरेको छ ।
धरान उपमहानगरपालिका वडा नं. १६ ले धरान रंगशालाको गेट अगाडि व्यायामशाला निर्माण गरेको हो । व्यामशालाको उद्घाटन धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले गरेका छन् । स्वस्थ जीवनको परिकल्पना अनुसार वडाकै १० लाख लगानीमा सो व्यायाम खाना निर्माण गरिएको हो ।

धरान १६ का स्थानीय लक्ष्मण बस्नेतले घर नजिक व्यायामशाला भएकोले प्रत्येक दिन आफू कसरत गर्ने जाने गरेको बताए । विहान ४ देखि ५ बजेसम्म कसरत गर्ने सर्वसाधारणको अत्यधिक भीड हुने बताउँदै शारीरिक समस्या भएकाहरुलाई यो बरदान सावित भएको बताए ।

उनले भने–‘ म पनि यहाँ आएर कसरत गर्छु, कसरत गरेपछि मलाई धेरै स्फूर्ति भएको महसुस भएको छ, यस्ता व्यायामशाला सबैतिर हुनुपर्छ ।’
सानो ठाउँलाई पनि सदुपयोग गरेर व्यायाम शाला (ओपन जिम) निर्माण गरेकोमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा कार्यालयप्रति आभार प्रकट गरे । उनले स्वास्थ्यको लागि यो व्यायामशाला बरदान सावित भएकोले धरान उपमहानगरपालिकाले अन्य वडामा समेत बनाउने पहल गर्ने बताए ।

उनले भने–‘यस्ता व्यायामशाला सबैतिर हुनुपर्छ, सबै वडामा निर्माण गर्न धरान उपमहानगरपालिकाले पहल गर्छ ।’
धरान १६ को जनपथ धेरै पुरानो बस्ती भएकोले यो हेल्थपार्कको नाम जनपथ राखिएको धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले बताए । उनले वडाले सर्वसाधारणको स्वास्थ्यप्रति संवेदनशील बन्दै यो व्यायामशालाको निर्माण गरिएको बताए ।

उनले भने–‘स्वस्थ जीवन विताउनका लागि यो व्यायामशाला बरदान सावित हुन्छ जस्तो मलाई लाग्छ, हामीले १० लाखको लागतमा यो व्यायामशाला निर्माण गरेको हौ, अझै धेरै काम गर्न बाँकी छ, ट्रस्ट लगाउने, शौचालय निर्माण गर्ने लगायतका काम अझै बाँकी छ, यो सम्पूर्ण काम सक्दा १५ लाख खर्च हुने हामीले अनुमान गरेका छौं ।’

यो व्यायाशालामा शरीरका विभिन्न भागको कसरत गर्ने १२ आइटम राखिएको छ । अन्य वडाको भन्दा केही फरक ढगले निर्माण गर्न लागिएको यो व्यायाम शालामा शौचालयको समेत निर्माण भइरहेको छ । विहान मर्निङवाक हिड्नेहरुले आएर व्यायाम गर्दा शौचायलको आवश्यकतालाई महसुस गरी शौचालय समेत निर्माण शुरु गरिएको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।

विशेष गरी यो व्यायामशालामा कसरत गर्दा घुडाको समस्या, सुगर प्रेसरको समस्या, ढाडको समस्या लगायतका समस्या भएकाहरुलाई लाभदायिक हुने बताइएको छ । ‘स्वास्थ्य जीवन’ को अवधारणा अनुरुप अहिले धरानका वडा वडामा यस्ता खुल्ला व्यायमशाला निर्माणलाई अन्य वडाहरुले निरन्तरता दिन थालेका छन् । बढ्दो शहरीकरणसँगै व्यस्त जीवनशैलीमा यो प्रभावकारी हुने बताइएको छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved