व्यक्तिगत स्वार्थभन्दा माथि उठे प्रदेश सांसद कृषकको समस्याप्रति सांसद केन्द्रित

  • फाल्गुन १०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ /  प्रायः जसो व्यक्तिगत स्वार्थमा निहीत भएर प्रश्न सोध्ने प्रदेश सांसदहरुले सोमबार भएको बैठकमा भने जनजीविकाको सवाललाई प्राथमिकतामा उठान गर्दै समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित हुनुपर्ने सुझाव दिए । उनीहरुले कृषकले भोगेका समस्या र स्वास्थ्य सेवामा सर्वसाधारणले भोग्नुपरेका कुरालाई बैठकको शून्यमा प्राथमिकताका साथ उठान गरेका हुन् ।

खासगरी संसदभित्रै पनि बोल्ने मौका पाउँदा सांसद अरु नै विषयमा टिकाटिप्पणीमा आफ्नो धेरै समय खर्चिन गरेका छन् । तर सोमबार प्रदेश १ को संसदमा सांसदहरुले जनजीविकाको सवाललाई गम्भीर रुपमा उठाए ।

प्रदेश १ का प्रदेशसभा सदस्यले रसायनिक मलको अभाव र किसानको समस्यको विषयमा प्रश्न उठाएका हुन् । सोमबार बसेको् प्रदेशसभा वैठकको सून्य समयमा बोल्दै प्रदेशसभा सदस्य अम्मरबहादुर विष्टले मलको समस्या तत्काल समाधान गर्न र किसानले उत्पादन गरेको सहज बजारीकरण सहज बनाउन सरकारलाई सुझाव दिए ।

यस्तै उनले सरकारले लागू गरेको स्वास्थ्य वीमा कार्यक्रम प्रभावकारी नहुँदा सेवाग्राहीहरुले सास्ती भोग्नु परेको विषयमा पनि कुरा उठाएका थिए ।
उनले भने–‘अहिले हिउँदे धान लगाउने समय छ, केही समय पछाडि फेरि बर्खे धानको समय शुरु भइहाल्छ, अहिले सम्म थोरै मल पनि कृषकले पाउन सकेका छैनन् ।’

‘डिएपी लगायतका मलहरु प्नि कृषकले नपाएकोले विगतका सालहरुमा भएका समस्याहरुलाई निराकरण गर्ने तर्फ सम्बन्धित कृषि मन्त्री र मुख्यमन्त्री समक्ष ध्यानाकर्षण गर्न चाहन्छु ।’
उनले स्वास्थ्य विमा सम्बन्धमा अहिले सेवाग्राहीहरुले धेरै सास्ती भोग्नुपरेको दृष्टान्त सुनाए ।

उनले भने–‘थोरै अस्पतालहरुमा मात्र स्वास्थ्य वीमाका कार्यक्रमहरु लागू भएका छन्, यसका कारण विरामीहरुले उपचारका लागि घण्टौ कुर्नुपर्ने अवस्था रहेको छ, समयमा औषधि गर्न नपाउने अवस्था जुन छ,निराकण गर्नुपर्ने कुरालाई सम्बन्धित निकायलाई म ध्यानाकर्षण गराउँछु ।’

गाउँघरमा पर्याप्त युरिया, डिएपी लगायतका रसायनिक मल नपाउँदा किसानमा निराशा छाएको र उत्पादन घट्दै गएको उनको भनाई थियो ।
यसैगरी प्रदेशसभा सदस्य कमलप्रसाद जवेगुले समयमै विपत्त व्यवस्थापन र किसानलाई आवश्यक पर्ने मलको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । किसानले समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने विषयमा उनले कुरा उठाएका थिए । उनले किसानको समस्या हल गर्न नसके प्रदेशसभाको लोगो लगाएर बजारमा हिड्नै पनि अप्ठ्यारो पर्ने बताए ।

उनले भने–‘किसानले समयमै मल पाउन सकेनन् भने हाम्रो उर्वरायुक्त जमिनबाट उत्पादन हुने बाली ह्रास भएर जान्छ, जसले गर्दा हामीले खाद्यान्न संकट भोग्नुपर्ने अवस्था सिर्जना हुन्छ, हामीले समयमा किसानलाई आवश्यक पर्ने मलको व्यवस्था गर्न सकेनौ भने हामी यो प्रदेशसभाको हलमा आएर यो प्रदेशको लोगो लगाएर बजारमा हिड्न, घुम्न समेत पनि हामीलाई अप्ठेरो पर्ने अथवा ती चुनाैतिहरु सामना गर्नुपर्ने स्थिति हुन्छ ’

नेपाल कृषि प्रधान देश भनेर चिनिन्छ, तर नेपाललाई सबैले कृषि प्रधानदेश भनेर भाषणमा सीमित राखेको प्रदेशसभा सदस्य खगेश्वरी पौडेलले कृषकको अवस्था कस्तो भन्ने तर्फ सबैको ध्यान जान जरुरी रहेको बताइन् । उनले किसानले उत्पादन गरेका वस्तुले उचित बजार मूल्य नपाएको गुनासो पोखिन् ।

उनले भनिन्–‘कृषि प्रधान देश नेपालमा उत्पादन गरेका कृषि सामाग्रीको उचित मूल्य पाइरहेका छैनन्, तर हरेक उपभोक्ताले कृषि उत्पादन महँगोमा खरिद गर्नुपर्ने बाध्यता छ, यस्तो अवस्था कहाँबाट सिर्जना भयो, कृषकको विक्री मूल्यमा भन्दा तीनचार गुणा मूल्यमा उपभोक्ताले खरिद गर्नुपर्ने अवस्था कसरी आयो, यसको समाधान आजसम्म किन खोजिएन ।’

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved