एक्स्पोको तयारी पूरा उद्घाटन प्रदेश १ का मुख्यमन्त्रीबाट

  • फागुन ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  लगानीमा प्रवर्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको एक्स्पोको तयार पूरा भएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
बुधबार एक्सो हुने स्थल धरान १६ स्टेडियममा पत्रकार सम्मेलको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो ।

एक्सोको बिहीबार साढे १२ बजे प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् । स्थानीय स्तरको उत्पादनलाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर ‘धरान एक्स्पो २०७९’ को आयोजना गर्न लागिएको सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

332529317_453469116912549_6147406054332498505_n

देशकोसंक्रमणकालीन अवस्थालाई चिर्दै लगानी गर्ने वातावरण तयार गर्न सुनसरी उद्योग वाणिज्य संघ धरानले एक्सोको आयोजना गर्न लागिएको सुनसरी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष एवम् एक्सोको सह संयोजक रामस्वरुप शर्माले जानकारी दिए ।

स्थानीय उत्पादनलाई जोड दिँदै व्यावसायिक लगानीलाई बढावा दिने एक्स्पोको उद्देश्य रहेको उनको भनाई थियो ।
मेलामा १ सय १६ स्टल रहने संघका प्रथम उपाध्यक्ष एवम् मेलाको संयोजक गोपाल श्रेष्ठले बताए ।

उनले एक्स्पोमा स्थानीय कृषि उत्पादन, साना उद्योगबाट उत्पादन भएको अचार र कृषि औजारहरुको समेत स्टल रहने जानकारी दिए । उनले हावा पानीबाट एक्स्पोले असर नगरोस् भनेर यसपटक डोमको प्रयोग गरिएको जानकारी दिए । एक्सो स्थलमा सम्पूर्ण स्टल निर्माण भइसकेका छन् ।

उद्योग, कृषि तथा व्यवसायिक स्थल गरी जम्मा १ सय १६ वटा स्टल रहने संयोजक श्रेष्ठले जानकारी दिए ।

332445215_1235570874024593_8828967617437990722_n

मेलामा मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने बताउँदै एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ । एक्स्पो ११ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved