रोङको गुन्द्रुक ब्रान्ड बन्दै

  • फाल्गुन ११, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम / धेरै जसो इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खोले खुवाउने गरेका छन् । स्थानीय तहले किसानका उत्पादन प्रवर्द्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । तर इलामको रोङ गाउँपालिकाले भने किसानको जीवनस्तर उकास्नका लागि स्थानीय स्तरमै उद्योग सञ्चालन गरी कृषि उत्पादनलाई प्रशोधन गर्न थालेको छ ।
सुरुवाती चरणमा रोङ गाउँपालिकाको देवनछाप साना किसान कृषि सहकारी मार्फत उद्योग सञ्चालन गरी गुन्द्रुक उत्पादन सुरु गरेको हो । स्थानीय कृषकले उत्पादन गरेको कृषि सामाग्रीको त्पादन सिधै कृषकले नै पाउनुपर्छ भन्ने मूल उद्देश्य लिएर उद्योग सञ्चालनबाटै उत्पादन सुरु गरेको रोङ गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्वो (सुवास)ले जानकारी दिए ।

उनले भने ‘स्थानीय कृषकलाई प्रवद्र्धन गर्न हामीले नगरपालिकामा उद्योग सञ्चालन गरेका हौं, नगरपालिकामात्र हैन वडावडामा हामी सञ्चालन गर्ने तयारी छौं ।’
पालिकामा उद्योग सञ्चालन हुँदा किसानले नै रोजगारी पाउने र उत्पादन गरेको वस्तुको मूल्य सोझै पाउने भएकोले पालिकामा नै गुन्द्रुक उत्पादन थालिएको अध्यक्ष स्याङ्वोको भनाई छ ।

यो वर्ष २५ हजार किलो गुन्द्रुक बनाउने उद्देश्यका साथ काम अघि बढेको भन्दै अध्यक्ष स्याङ्वोले भने, ‘हाल दैनिक १५ देखि ७० किलो सम्मको गुन्द्रुक उत्पादन भइरहेको छ ।’
रोङ गाउँपालिकाका उपाध्यक्ष विष्णु माया खवासले साग उत्पादन गर्नेमा महिलाहरु नै अग्र पंक्तिमा भएको बताइन् । साग उत्पादन देखि प्रशोधनको कामसँग महिलाको भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो ।

उनले भनिन्–‘छ वटै वडाको किसानको उत्पादित साग सहकारीसम्म ल्याउने काम महिलाकै रहेको छ । महिला नै प्राविधिक क्षेत्रमा पनि सक्रिय बनाउन सके महिलाको जीवन स्तर उकास्नका लागि सहयोग पुग्छ ।’
पालिकामा सञ्चालित उद्योगमा दैनिक १२ देखि १६ जना मजदुरले रोजगारी पाएका छन् । प्रत्येक कृषकले घरमा नै उत्पादन गरेको गुन्द्रुक र सिन्कीलाई प्रतिकेजी ८० रुपैयाँ अनुदान दिने गाउँपालिकाले जनाएको छ । पालिकाले सागबाट गुन्द्रुक र मूलाबाट सिन्की उत्पादनका साथै सिस्नु प्रशोधन केन्द्र स्थापना गरी सिस्नुको ग्रिन टी बनाउने उद्देश्यले काम गरिरहेको अध्यक्षको भनाई छ ।

६७ लाख ८५ हजार रुपैयाँको कार्यक्रमका लागि स्विस सरकारले ३४ लाख ४५ हजार रुपैयाँ उपलब्ध गराउनेछ । पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्नेछन् । देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योग मार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ्ग, मार्केटिङको सबै कार्य भइरहेको छ । प्रदेश नम्बर १ को कृषि मन्त्रालय, गाउँपालिका र स्थानीय सहकारीको आर्थिक सहयोग र स्विस सरकारको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

पालिकाले हरेक वर्ष एक÷दुई वटा उत्पादनलाई प्रवर्द्धन गर्ने गाउँपालिकाले लक्ष्य लिएको बताउँदै आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनले आत्मनिर्भर बनाएर निर्यात गर्ने योजनाका साथ काम गरिरहेको छ । चालू वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवर्द्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न ३ लाख, बीउका लागि २ लाख, प्रतिकिलो अनुदानका लागि ३ लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न २ लाख रुपैयाँ विनियोजन गरेको छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved