सिलिन्डरको गुणस्तरीयतामा गम्भीर बन

  • फाल्गुन ११, २०७९
  • काेशीपत्र सम्पादक
alt

धरान–१७ को एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सोमबार आठजना घाइते भएका छन् । तीमध्ये दुईजनालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । केही समयअघि काठमाडौँमा ग्यास चुहावट भएकै कारण आगोले जलेर नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीकी आमाको निधन भएको छ भने नेता भण्डारी पनि घाइते भए । उनको उपचार भारतमा भइरहेको छ । यसबाहेक पनि यसबीचमा देशका विभिन्न स्थानमा यस्ता घटना भएका समाचार आएका छन् । पछिल्ला यी घटनाहरूले ग्यास विस्फोट वा ग्यासको चुहावटका कारण मानव जीवनमाथि असुरक्षा बढ्न थालेका सङ्केत दिएका छन् । हुन त ग्यास सिलिन्डर विस्फोट वा ग्यास चुहावटका घटना मात्र हुन थालेका होइनन् । यसअघि पनि यस्ता घटना पटक–पटक हुने गरेका थिए ।

पछिल्लो समयमा ग्यास सिलिन्डर चुहावट वा विस्फोटका घटनाबारे निरन्तर समाचार आउन थालेका छन् । यसर्थ, उपभोक्ताहरूले सचेतता अपनाउनु आवश्यक छ । यसका साथै ग्यास वितरक कम्पनीहरूले पनि सिलिन्डरको गुणस्तरीयतामा विशेष ध्यान दिनुपर्छ । सिलिन्डर निर्माण वा ग्यास भरेर वितरण प्रक्रियासम्म हुने कुनै पनि त्रुटि वा बेवास्तालाई सानो भन्न सकिँदैन । यस क्रममा हुने त्रुटि वा बेवास्ताले मानव जीवन नै अन्त्य हुनसक्ने सम्भावना हुने भएकोले यस क्रममा हरेक क्षण संवेदनशील हुनुपर्छ । सिलिन्डरको परीक्षणदेखि हरेक चरणमा प्रक्रियाको पालनामा कम्पनी गम्भीर हुनु आवश्यक छ ।

उपभोक्ताहरूमा पनि यस विषयमा जनचेतना फैलाउनु आवश्यक देखिएको छ । कस्तो अवस्थामा के गर्ने ? ग्यास सिलिन्डर वा विद्युतीय सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने पक्ष के के हुन् ? यस्ता विषयमा हरेक नागरिक सचेत हुनु आवश्यक छ । प्रयोग गर्ने तरिका वा अपनाउनुपर्ने सावधानीबारे जानकारी नहुँदा पनि दुर्घटना हुने सम्भावना हुनसक्छ । यसकारण दुर्घटनाबाट जोगिन सबैले सजग र सचेत हुनुपर्छ । सरकारले पनि ग्यास वितरक कम्पनीहरूमा नियमित अनुगमन गर्नु आवश्यक छ । सरकारले जनचेतनामूलक कार्यक्रमहरू पनि गर्नु वाञ्छनीय छ । यसतर्पm सबैको ध्यान जानुपर्छ ।
यी घटनाहरूबाट पाठ सिक्नु आवश्यक छ । अब ग्यास चुल्हा र सिलिन्डर प्रयोग गर्दा उपभोक्ताहरूले सचेत र सतर्क हुनुपर्छ । हाम्रै लापरवाहीका कारण हाम्रो जीवन जोखिममा पर्ने गरेको छ । त्यसकारण विद्युतीय सामग्री र प्रज्ज्वलनशील पदार्थहरू प्रयोग गर्दा हामीले लापरवाही वा बेवास्ता गर्नु हुँदैन । सिलिन्डरमा उल्लेख भएको म्याद गुज्रिने समय राम्ररी हेरेर मात्र सिलिन्डरको प्रयोग गर्नु श्रेयष्कर हुन्छ । सिलिन्डरमा रङ भर्खरै लगाइएको आधारमा सिलिन्डर छान्ने होइन, बरु कुच्चिएको छ कि छैन वा म्याद गुज्रिएको छ कि छैन भन्ने हेरेर सिलिन्डर छान्नुपर्ने विज्ञहरूले सुझाएका छन् । विद्युतीय सामग्रीहरूको प्रयोग गर्दा पनि तारको गुणस्तर र अवस्था राम्ररी हेरेर मात्र प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव छ । विज्ञहरूका सुझावलाई बेवास्ता गर्नु आफ्नै लागि प्रत्युत्पादक हुनसक्छ ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved