मलद्वारमा ब्राउन सुगर च्यापी ल्याउँदै गरेका युवा पक्राउ

  • असार १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा लागू औषधसहित एक युवक पक्राउ परेका छन्।

मिति २०८२ साल असार १९ गते दिउँसो १२:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई रोकी जाँच गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो।

पक्राउ परेका व्यक्ति सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी २३ वर्षीय सिशिर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले उनको मलद्वारमा च्यापी ल्याएको अवस्थामा ८.४ ग्राम (आठ ग्राम चार सय मिलिग्राम) ब्राउन सुगर बरामद गरेको हो।

हाल उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved