प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज बास्केटवल महिला पुरुष दुवै उपाधि धरान मेघाको पोल्टामा

  • फागुन ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि धरान मेघा हिमालयन कलेजले जितेको छ ।

धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङ राइको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ सियोन स्कुललाई २९–११ र पुरुषतर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाइ ४२–३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधि जितेको हो । धरान मेघाले उपाधिसँगै पुरुषतर्फ नगद ३० हजार र महिलातर्फ २० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरि पुरुषतर्फका उपविजेता राष्ट्रिय जनसहयोग कलेजले नगद २० हजार, महिला तर्फका उपविजेता सियोन स्कुलले नगद १० हजार रुपया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई सुनसरी बास्केटबल संघका अध्यक्ष नारायाण सुवेदी , अल्फा बिटा कोयला एजुकेसनका अध्यक्ष लोकेन्द्र श्रेष्ठ , म्यानिजिङ डाइरेक्टर सन्जिब राई, बास्केटबल संघका कोषाध्यक्ष गौरब श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलमा महिलातर्फ सहज जित निकालेका धरान मेघा र सियोन स्कुलले प्रत्येक क्वाटरमा ३–१, ६–४, ८–० र १२–६ अंक जोडेका थिए । पुरुषतर्फ अत्यन्त प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा धरान मेघा हिमालयन र राष्ट्रिय जनसहयोगले १३–१२, १३–७, ७–१४ र ९–६ अंक जोडेका थिए । फाइनल खेलमा धरान मेघाका सितल तामाङले १० र धरान मेघाका युवाहाङ राइले १९ अंक जोडे ।
यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधि मोस्ट भ्यालुएबल पुरस्कारको उपाधि दिदी भाइले जितेका छन् ।

धरान मेघा कलेजको १२ कक्षामा अध्यनरत योगेश राई र ब्याचलर पहिलो वर्षमा अध्यनरत तनु राईले उपाधि जितेका हुन् । उनीहरुले उपाधीसँगै नगद २ हजार ५ सय , ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरि प्रतियोगिताको हाइ स्कोर उपाधि महिला तर्फ धरान मेघा कलेजका सितल तामानग घोषित भए ।

उनले तीन म्याचमा व्यक्तिगत २५ अङ्क जोडेका थिए । पुरुष तर्फ राष्ट्रिय जनसहयोग कलेजका अस्मिल राई घोषित भए । उनले ४ म्याचमा ४२ अङ्क जोडेका थिए । उनीहरुले नगद २ हजार , ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको उदीयमान खेलाडी धरान मेघाका सबिन राई र सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन् । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो । प्रकाश पौडेल ३ पोइन्ट कम्पिटिसनको उपाधि पुरुषतर्फ धरान सिटि कलेजका हेमराज लिम्बू र धरान मेघाका तनु राईले जिते । हेमराजले तीस सेकेन्डमा ४ र तनुले ३ बास्केट गरेका थिए ।

उनीहरुले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । ३ पोइन्ट कम्पिटिसनको प्रायोजक चर्चित कलाकार एव धरानको पूर्व बास्केटबल खेलाडी प्रकाश पौडेलले गरेका हुन् । प्रतियोगितान्को पहिलो सस्करणमा समेत पौडेलले नै प्रायोजक गरेका थिए ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved