धनकुटामा सुन्तला उत्पादनमा कमी

  • फाल्गुन १२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा /  पछिल्लो समय जलवायु परिवर्तनका कारण धनकुटामा उत्पादित सुन्तलाको उत्पादनमा ह्रास आएको एक तथ्याङ्कले देखाएको छ । तथ्यांकले धनकुटा जिल्लाभरि सुन्तालाको उत्पादन ३५ प्रतिशत भन्दा बढीले घटेको जनाएको हो ।

यसै क्रममा धनकुटाको सहिदभूमि गाउँपालिकामा समेत बर्सेनी सुन्तला उत्पादन तथ्याङ्कले देखाएको छ । सहिदभूमि गाउँपालिकाको कृषि शाखाको तथ्याङ्क अनुसार यो वर्ष २ सय मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको छ ।

यसअघि गएको वर्ष ३ सय मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष १ सय मेट्रिक टनले उत्पादन घटेको शाखाले जनाएको छ । उत्पादन घटेसँगै आम्दानी समेत घटेको छ ।
यस वर्ष पालिकामा सुन्तला उत्पादनबाट ३ करोड रुपयाँ आम्दानी भएको कृषि शाखा प्रमुख दिनेन्द्र राईले बताए । उनले भने–‘यो वर्ष यो पालिकाले सुन्तला उत्पादनबाट ३ करोड आम्दानी गरे, किसानहरुले यो वर्ष होलसेलमा प्रति किलो १५० रुपयाँले सुन्तला बिक्री गरेका छन् ।’

santola

यस अघि २०७६÷७७ मा पालिकामा ४ सय ५० मेट्रिकटन सुन्तला उत्पादनबाट ६ करोड ३० लाख र २०७७ / ७८ मा ४ सय मेट्रिकटन सुन्तला उत्पादनबाट ५ करोड ६० लाख आर्थिक आम्दानी भएको थियो । गत वर्ष ३ सय मेट्रिकटन सुन्तला उत्पादनबाट ४ करोड २० लाख आर्थिक आम्दानी भएको कृषि शाखा प्रमुख राईले जानकारी दिए । उनले भने–‘बर्सेनी उत्पादन घट्नुमा जलवायु परिवर्तन, रोग कीराको प्रकोप आदिका कारण हो, यसले बर्षेनी कृषकलाई समस्या बनाउँदै लगेको छ ।’

यो क्षेत्रमा उत्पादन भएको सुन्तलालाई एशियाकै गुलियो र रसिलो सुन्तलाको रुपमा लिने गरेको प्रमुख राई बताउँछन् । उनका अनुसार हाल त्यसक्षेत्रको सुन्तलाको वोट सुक्ने, फल झर्ने लगायगतका समस्याहरु देखिएका छन् ।

उनले भने–‘जल वायु परिवर्तनकै कारण उत्पादनको समय नपुग्दै बोट सक्ने, फल झर्ने लगायतका समस्याहरु देखिएका छन्, यसको समस्या समाधानमा चुनौति देखिएको छ ।’
कृषि शाखाका अनुसार पालिकामा ६ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिदै आएकोमा हाल २ सय ५० देखी ३ सय हेक्टरमा क्षेत्रफलमा मात्र खेती गरिदै आएको छ ।

समस्या समाधानका लागि पालिकाले सुन्तला अनुसन्धान केन्द्र पारि पात्लेसँग समन्वय गरेर ल्याव परिक्षण गर्ने काम भइरहेको प्रमुख राईले जानकारी दिए । उनले भने–‘यो गम्भीर समस्या हो, यसको समाधानमा सुन्तला अनुसन्धान केन्द्र पारिपात्लेसँग समन्वय गरेर ल्याव टेष्ट गर्ने काम गरिहेका छौं, समस्याको कारण पत्ता लगाउने काम भइरहेको छ ।’

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved