धरान एक्स्पो दिउँसो १ बजेसम्म प्रवेश निःशुल्क शैक्षिक र संस्थागत अवलोकनमा विशेष छुट

  • फाल्गुन १४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरान रङ्गशालामा जारी धरान एक्स्पो २०७९ अवलोकनकर्ताहरुका लागि दिउँसो १ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी एक्स्पोमा दिउँसो एक बजेसम्म प्रवेश निःशुल्क गरिएको हो ।

दिउँसो एक बजेदेखि साँझ पाँच बजेसम्म र साँझ पाँच बजे पश्चात्त अवकोलन गर्न आउनेका लागि फरक टिकट मूल्य निर्धारण गरिएको एक्स्पोका संयोजक गोपाल श्रेष्ठले बताए ।
‘दिउँसो एक बजेदेखि बेलुका पाँच बजेसम्म प्रवेश शुल्क प्रति टिकट ५० रुपैयाँ र बेलुका पाँच बजेपश्चात्त एक्स्पो अवलोकन गर्न चाहनेका लागि प्रति टिकट २०० रुपैयाँ निर्धारण गरिएको छ’ संयोजक श्रेष्ठले भने, ‘सबैको समान सहभागिता होस् भन्ने उद्देश्यसहित दुई मुल्य निर्धारण गरिएको हो ।’

आयोजकका अनुसार बेलुका पाँच बजेसम्म एक्स्पोमा रहेका स्टल अवलोकन बढी हुने र त्यसपश्चात्त विशेषतः साङ्गीतिक, रमाइलो र मनोरञ्जनात्मक प्रयोजनका लागि सहभागिता धेरै हुने भएकाले फरक मूल्य निर्धारण गरिएको हो । मुल्यमा अन्तर भएपनि टिकट दर महङ्गो नरहेको एक्स्पो संयोजक श्रेष्ठले बताए ।

332529317_453469116912549_6147406054332498505_n

‘समय अनुसार टिकट मुल्यमा अन्तर छ तर यसलाई अलि महङ्गो भनेर भन्न नमिल्ला कि ! ’ संयोजक श्रेष्ठले भने, ‘नेपालका अन्य स्थानमा हुने मेला, महोत्सव, एक्स्पोको प्रवेश शुल्कभन्दा धेरै राखेका छैनौँ । दुई फरक–फरक दर भएकाले मानिसलाई महङ्गो लागेको हुन सक्छ ।’

कलाकार व्यवस्थापनमा बढी खर्च हुने गरेकाले मनोरञ्जनात्मक कार्यक्रमका लागि मूल्य बढी राख्नु पर्ने अवस्था रहेको उनले बताए । फागुन ११ गते देखि २० गतेसम्म आयोजना हुने एक्स्पोमा अवलोकनका लागि आउने शैक्षिक संस्था, समूह र संस्थालाई भने विशेष छुटको व्यवस्था गरिएको छ ।

‘उत्पादनबारे जानकारी, व्यवसायीक ज्ञान, उद्यमीसँग भेटघाटका लागि आउने विद्यालय, कलेज, विश्वविद्यालय, कृषि समूह, संस्था, सहकारीलाई प्रवेश शुल्क लगायत अन्य शुल्कमा छुट प्रदान गर्ने व्यवस्था गरिएको छ’ छुटको विषयमा जानकारी दिँदै एक्स्पो संयोजक श्रेष्ठले भने, ‘सुनसरी क्षेत्रको व्यवसायीक प्रवद्र्धनमा सहयोग पुग्ने कार्यमा सहभागी हुन आउनेका हकमा विशेष व्यवस्था गरेका छौँ ।’

निःशुल्क प्रवेश, शैक्षिक र संस्थागत छुटबाहेक एक्स्पो अवलोकनर्ताका लागि धरानका पाँच स्थानबाट निःशुल्क बस सेवा, एक्स्पो स्थलसम्मको यात्रामा अटो रिक्सामा २० प्रतिशत छुट, एक्स्पोमा सहभागी हुन आउनेका हकमा आवास प्रयोजनका लागि होटलमा छुटसहितको अफर आयोजकले ल्याएको छ । दश दिनसम्म आयोजना हुने एक्स्पोमा तीन लाख बढी मानिसले अवलोकन गर्ने र ३० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved