धरान रनमा दिपक र राजपुरा विजयी

  • फाल्गुन १४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरान १० के रन ११ औं नेवा च्यारिटी दौड प्रतियोगिता २०७९ मा पुरुष तर्फ दिपक सुहाङ र महिला तर्फ राजपुरा प्रछाइ विजयी भएका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा १० किमी दौड दिपक सुहाङले ३२.०५ मिनेटमा पुरा गरे भने राजपुरा प्रछाइले ३७.३६ मिनेटमा दुरी पार गरिन् ।

त्यस्तै खुल्ला पुरुष तर्फ गजेन्द्र राईले ३२.२४ मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने सिमियोन किप्लागतले ३३.१३ मिनेटमा दुरी पार गर्दै तेस्रो भए । महिला तर्फ पुर्णलक्ष्मी न्यौपानेले ४०.२८ मिनेटमा र आशा राउतले ४२.२७ मिनेटमा दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

खुल्ला तर्फका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै अण्डर १६ मा छात्रतर्फ विगल आङ्देम्बे लिम्बू ३६.४८ मिनेटमा दुरी पार गर्दै पहिलो, प्रविण राई ३९.५१ मिनेटमा दुरी पार गर्दै दोस्रो र करण लिम्बू ३०.५० मिनेटमा मिनेटमा दुरी पार गर्दै तेस्रो भए ।

अण्डर १६ छात्रा तर्फ नानी तामाङ ५१.३४ मिनेटमा दुरी पार गर्दै पहिलो, कुशुम राई ५१.४४ मिनेटमा दुरी पार गर्दै दोस्रो र सुना सिद्धिकी ५९.३७ मिनेटमा दुरी पार गर्दै तेस्रो भइन् । उनीहरुलाई क्रमशः सात हजार, चार हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै अण्डर १२ मा छात्र तर्फ योगेश पिठाकोटे मगर पहिलो, आयुष राई दोस्रो र एलन खनाल तेस्रो भए । अण्डर १२ मा छात्रा तर्फ विनिता राई पहिलो, जुही राई दोस्रो र युना पालुङ्वा तेस्रो भए । उनीहरुलाई पनि क्रमशः सात हजार, चार हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

भेट्रानको पुरुष तर्फ धर्म महर्जन पहिलो, निमेश क्षेत्री दोस्रो र पदम महतो तेस्रो भए । भेट्रान महिला तर्फ जमुना लिम्बू पहिलो, छिरिङ लामु भुटिया दोस्रो र सर्मिला राई तेस्रो भए । उनीहरुलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको धरान रनका अध्यक्ष रमु राईले बताउनुभएको छ ।

त्यस्तै गरी सुपर भेट्रान तर्फ कृष्ण तामाङलाई विजयी घोषित गरिएको थियो । उनले ४५.५५ मिनेटमा दौड पुरा गरेका थिए । स्थानीय विजेता भनेर ३४.५५ मिनेटमा दुरी पार गरेका किरण लिम्बू र ४२.४६ मिनेटमा दुरी पार गरेकी छेन्वीमाया राईलाई विजेता घोषित गरिएको थियो ।

धरान रनमा ह्वीलचेयर रेश पनि भएको थियो । विभिन्न देशबाट गरी यसपटक ३५ सय बढीले धरान रनमा सहभागीता जनाएको आयोजकले दाबी गरेको छ कार्यक्रममा सेफ सन्तोष साह, नायक दयाहाङ राईको समेत सहभागीता रहेको थियो । दौडमा विजयी हुनेहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नायक दयाहाङ राई, माल्भीका सुब्बा लगायतले पुरस्कार वितरण गरेका थिए ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved